ढाकावाङमा १५ वर्षीया किशोरी बलात्कार

                                                                                               भूमिकास्थान नगरपालिकाको ढाकावाङमा
अर्घाखाँचीडट्कम संवाददाता 
ढाकाबाङ, अर्घाखाँची, २१ चैत (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका-१ ढाकावाङमा एक १५ वर्षीया किशोरी बलात्कारमा परेकी छिन् । 
किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्युठान मल्लरानी गाउँपालिका बस्ने अन्दाजी ४५ वर्षीय  रामचन्द्र घर्तीमगरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । 
ती बालिकालई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र प्रहरी चौकी ढाकाबाङबाट खटिएको प्रहरीले घर्तीमगरलाई पक्राउ गरेको हो । 
प्रहरीले घटनाको आवश्यक अनुसन्धान भईरहेको बताएको छ ।    @arghakhanchi.com

अन्य समाचारहरु