सन्धिखर्क र चुत्राबेसीमा आउने नौलापानी राटटारी खानेपानी आयोजनाको शिलान्यास सम्पन्न (भिडियो तस्बिर सहित)
चैत्र २२ गते, २०७५ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
नौलापानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ र २ सन्धिखर्क र चुत्राबेसीका लागि नौलापानी राटटारी खानेपानी योजना शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।
सन्धिखर्क साना शहरी खानेपानी उपभोक्ताको आयोजनामा नौलापानी राटटारी खानेपानी आयोजनाको पुर्ब उपप्रधानमन्त्री तथा सांसद टोपबहादुर रायमाझीले एक समारोहको बिच शिलान्यास गरेका थिए ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ र २ का १७०० घर धुरी लाभान्वित हुनेछन् । उक्त आयोजना करिब ५ करोड लागतमा सम्पन्न हुनेछ ।
शहरी बिकाश मन्त्रालय,निर्वाचन क्षत्र बिकाश कोष,५ न. प्रदेश,सन्धिखर्क न.पा.र सन्धिखर्क साना शहरी खानेपानी तथा सरसफाइ नगर आयोजना उपभोक्ता मुल सस्थाको संयुक्त लगानीमा नौलापानी राटटारी खानेपानी योजना सम्पन्न हुनेछ ।