सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा मानव अधिकारको लागि महिला एकल अर्घाखाँचीको प्रथम जिल्ला सम्मेलन तथा चौथो साधारण सभा कार्यक्रम सम्पन्न भएको छ ।
एकल महिला संजालको जिल्ला अध्यक्षमा सीता श्रेष्ठ उपाध्यक्षमा शारदा बस्याल ,सचिबमा अम्बिका श्रेष्ठ ,सहसचिव माया पाण्डेकोषाध्यक्ष रमा आचार्य सदस्यमा पार्बता भट्टराई ,बिन्दु भुसाल ,माया नेपाली ,शाबित्रा चुदाली ,सीता बन्जाडे ,रहेको १३ सदस्यीय जिल्ला कार्य समितिको निर्बिरोध चयन गरिएको छ।
सो जिल्ला अधिबेशनको एक भब्य समारोहका बिच नेपाल सरकारका पुर्ब उपप्रधानमन्त्री तथा सांसद टोप बहादुर रायमाझीले उधघाटन गर्नु भएको थियो।
जिल्ला अधिबेशन लाई राष्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्का उज्ज्वल प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे निर्मला क्षेत्री ,जाल्पा भुसाल ,सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसाल ,लगायतले सम्बोधन गर्नु भएको थियो।कार्यक्रम जिल्ला अध्यक्ष खगिश्वरा बस्यालको अध्यक्षता ,माया नेपालीको स्वागत र अम्बिका श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो।
अधिबेशनमा जिल्लाका विभिन्न क्षेत्रबाट उल्लेख्य महिला आमा दिदिबहिनी हरुको सकृय सहभागीता रहेको थियो।