अर्घाको धरमपानी वार्ड स्तरीय युवा सञ्जालको गठन

प्रेमनारायण आचार्य 
धरमपानी, अर्घाखाँची २३ चैत । सन्धिखर्क नगरपालिकाको वाड नम्वर १० अर्घा धरमपानीमा शनिबार  एक कार्यक्रमका विब वडा स्तरीय युवा सञ्जालको गठन गरिएको छ । 
धरमपानीमा शनिबार  भएको युवाहरुको भेलाले विनोद थापाको अध्यक्षतामा १५ सदस्यीय युवा सञ्जाल गठन गरेको हो । 
वडा सदस्य भेसराज क्षेत्रीको अध्यक्षता र वडा अध्यक्ष लक्ष्मीनारायण चुँदालीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मन्तब्य राख्दै वडा अध्यक्ष चँदालीले युवाहरु आर्थिक क्रान्तीमा लाग्नु पर्ने बताउनु भयो । कुलतमा हैन समाज सेवा र आर्थिक क्रान्तीमा लागि समाजको मुहार परिबर्तन गर्नुपर्ने जिम्मा युवाहरुको भएको बताउनु भयो । 
कार्यक्रममा वडा सदस्य ऋषिकेस भुसाल, शिक्षक खगेश्व नेपाली, टोल सुधार समितिका अध्यक्ष उत्तमबहादुर सिंह लगायतले मन्तब्य राखेको छ । कार्यक्रममा खेलकुद ब्यबस्थापन समिति तथा लागु पदार्थ दब्र्यसन नियन्त्रण समिति गठन गर्ने निर्णय गरेको वडा सदस्य भेसराज क्षेत्रीले बताउनु भयो । 
कार्यक्रम पुर्व वडा सचिव अरुण कुमार आचार्यको सञ्चालन र वडा सचिव धर्मराज पाण्डेको स्वागतमा सम्पन्न भएको हो । 

अन्य समाचारहरु