सन्धिखर्कमा एक दिवसीय उपभोक्ता सचेतना गोष्ठीमा सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा एक दिवसीय उपभोक्ता सचेतना गोष्ठीमा सम्पन्न भएको छ । 
 एक दिवसीय कार्यक्रम उपभोक्ता सचेतना गोष्ठीमा  सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसालले उपभोग्य बस्तुमा गुणस्तरीयता ल्याउन नीतिगत तथा पूर्वाधार विकासमा ध्यान दिएको बताउनुभएको छ । बाणिज्य, आपुती तथा उपभोत्ता संरक्षण विभाग र उपभोक्ता मञ्च नेपालले सन्धिखर्कमा आयोजना गरेको एक दिवशीय साझेदारी कार्यक्रममा बोल्दै उहाँले बजार अनुगमनलाई तिब्रता दिएको बताउनुभयो ।
प्रमुख अथिति समेत रहेका भुसालले पछिल्लो समय बधशाला नहुँनु प्रमुख समस्या रहेको भन्दै बधशाला निर्माण गरी मासु पसलको अनुगमनमा कडाई गर्ने जानकारी गराउनुभयो । नगर उपप्रमुख ठाकुर कुमार बि.क किशोरले बजार अनुगन सँगै कारबाही प्रक्रिया अगाडि बढाइने बताउनुभएको छ । जिल्ला स्तरमा रहेका सबै सरोकारवाला निकायको रोहोबरमा बजार अनुगन गरिदै आएको भन्दै उहाँले उहाँले तरकारीमा बिषादीको मात्रा परीक्षण गर्ने तयारीमा रहेको उल्लेख गर्नुभयो । 
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले गुणस्तरीय उपभोग्य बस्तु प्राप्त गर्ने सबै उपभोक्ताको अधिकार भएको भन्दै गुणस्तरमा ध्यान दिन उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो । उहाँले नीतिगत रुपमा कडा भन्दा कडा कानूनहरु रहेको भन्दै समयमै सचेत रहन उहाँको जोड थियो । 
उद्योग बाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष युवराज श्रेष्ठले व्यवसायीहरुले उपभोक्तालाई गुणस्तरीय सेवा दिदै उपभोक्ताको अधिकारको संरक्षण गर्न आग्रह गर्नुभयो । 
कार्यक्रममा उपभोक्ता मञ्चका केन्द्रीय महासचिव शत्रुधन प्रसाद देबले उपभोत्ताको हितमा स्थानीय निकायको अनुगमन र चुनौती तथा बाणिज्य तथा आपुर्ती उपभोक्ता संरक्षण बिभागका मोहन पुडासैनीले उपभोक्ता संरक्षण ऐन २०७५ मा उपभोक्ता अधिकार संरक्षणका लागि गरिएका व्यवस्था बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

अन्य समाचारहरु