अड्गुरीमा हाटबजार शुरु

प्रकासित मिती: २४ चैत, शनिबार 
अर्घाखाँचीडट्कम संवाददाता 
अड्गुरी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ७ अड्गुरीमा हाटबजार शुरु  भएको छ ।
कृषि, पशुपालन, पर्यटन विकासमा पुर्वाधार, प्रविधि हस्तान्तरण र समृद्ध सहकारी, पाणिनीको मुल आधार भन्ने मुल नाराका साथ कृषि हाटबजारको वार्ड नम्बर ७ वडाअध्यक्ष गुनाखर अधिकारीले उद्घाटन गरेका थिए । 
हाटबजार नेपाल सरकार कृषि सूचना तथा प्रशिक्षण केन्द्र हरिहरभवनको आर्थिक सहयोग  र अड्गुरी कृषि सहकारी संस्थाको पहलमा सञ्चालनमा आएको हो । 
 
 
लुम्बिनी सामाजिक विकास केन्द्रका अध्यक्ष कृष्ण पौडेलले अड्गुरीमा सञ्चालनमा आएको हाटबजार सञ्चालन गर्नका लागी केही चुनौतीहरु आएपनि सफल भएको बताए । उनले नियमित रुपमा हाटबजार सञ्चालनका लागी संस्थाको तर्फबाट सक्दो सहयोग गर्ने बताए ।
 
कार्यक्रममा लुम्बिनी सामाजिक विकास केन्द्रका अध्यक्ष कृष्ण पौडेलकोको अध्यक्षता सम्पन्न भएको थियो । यस्तै कार्यक्रममा  कृषि युवा महासंघका केन्द्रीय अध्यक्ष युवराज पौडेल, वार्ड सदस्य पदम महोत्रा, सुआहाराका कृषि संयोजक आन्नद तिवारी, नेकपाका भुवनीसंकर अधिकारी, काँग्रेसका उपसभापति नेत्र कुवर लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा करुणा  न्यौपानेको स्वागत र लक्ष्मण न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।  

अन्य समाचारहरु