पाणिनी, अर्घाखाँची । पाणिनी कलाकार समाज अर्घाखाँचीको पहिलो गीति एल्वम सार्वजनिक भएको छ । चर्चित लोक दोहोरी गायक टिकाराम गौतमको शव्द संगित तथा टिकाराम गौतम र गायीका कमला विसीले स्वर भरेको गीत युनिक मुभिज द्धारा वजार व्यावस्थापन गरिएको पाणीनी कलाकार समाज अर्घाखाँचीको प्रस्तुतिमा रहेको गीत सार्वजनिक भएको छ ।
पाणिनी कलाकार समाज अर्घाखाँचीको सो म्युजिक भिड़ियोमा स्वतन्त्र पत्रकार डिआरजी सुमनको वासुरी धुनमा सुरु भएको छ । पाणिनी गाँउ पालिकामा रहेका अति महत्वपूर्ण धार्मिक तथा पर्यटकिय क्षेत्रलाई समेटेर वजारमा ल्याएको यो भिड़ियोमा पाणिनी गाउ पालिका प्रमुख उप प्रमुख तथा विभिन्न वडा सदस्यहरुको पनि अभिनय रहेको छ ।
चर्चित मोडेल मेनुका थापा,मोडल सितल एमसी,करुणा खड्का, डान्सर कविता परियारको अभिनय रहेको यो भिंडियोंमा डान्सर तथा मोडल उमेशहरी घिमिरेको पुरुषतर्फ एकल अभिनय रहेको छ । पणेनाको सुन्तला वगैचा,पालीका मस्जिद,मैदानको आलमदेवी मन्दिर , कालीकाठी दुर्वाषा गुफा लगायतका महत्वपूर्ण स्थल समेटिएको म्युजिक भिंडियों सार्वजनिक भएको छ ।
हामी पहिलो एलवमको रुपमा “हाम्रो पाणिनी” वजारमा ल्याएको छ । निकट समयमै पाणिनिको डकुमेन्ट्री र सिरियल समेतको तयारी गरि रहेका छौ पाणिनी कलाकार समाज अर्घाखाँचीका पाणिनी प्रमुख चोलनाथ पौडेलले अर्घाखाँची डटकमलाई वताएका छन ।
समग्र पाणिनीको धार्मिक तथा पर्यटकिय विकासको लागी आफुले जस्तोसुकै सहयोग गर्न तयार रहेको ईश्वरी घिमिरेको धारणा थियो । सस्थाको समग्र विकास र प्रतिभाको सम्मान गर्नु हाम्रो दायित्व भएको कारण कुनैपनि हालतमा योजना पुरा गराउन लागी पर्ने ओम प्रकाशको भनाई थियो ।