नुवाकोटको लात्तेबाज जीप दुर्घट्नाको कारण क्षमता भन्दा बढी यात्रु बोक्दा (मृत्‍यु हुने र घाईतेहरुको विवरण)

अर्घाखाँचीडट्कम संवाददाता
नुवाकोट, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाको वार्ड  नम्बर  ८ नुवाकोटको लात्तेबाजमा भएको जीप  दुर्घट्नाको कारण क्षमता भन्दा बढी यात्रु बोक्दा भएको खुलेको छ ।
सन्धिखर्कबाट खिल्जी  हुँदै प्युठानको बरौला जाँदै  गरेको   लु १ ज १२२९ नम्बरको देउराली यातायातको जीप सोमबार दिउँसो २ बजे लात्तेबाजमा दुर्घट्ना हुँदा ३ जनाकाे मुत्यु भएकाे  छ ।  १६ जना घाइते भएका छन्।
१४ सिट सवार जिपमा चालक बाहेक १८ जना यात्रु थिए। जीपमा १९ जना यात्रु त्यसमा पनि छतमा समेत रहेको र जोखिमपूर्ण सडकको कारण दुर्घटना भएको स्थानीयले बताएका छन् । उकालोको ओभर लोडका कारण गाडी पछाडी सरेर खसेको दुर्घटनाका घाइतेहरुले बताएका छन् । उता घाइते सोनु शाहीका अनुसार केटीसँग जिस्केका कारण दुर्घटना भएको हो। तर उनिले भनिन् पोखेडाँडा पुगेको गाडी फेरि बजार झारेर मान्छे लगेर हालेको हो । शाहीका अनुसार अगाडीको सिटमा ड्राईभर सहित ४ जना, दोेस्रो सिटमा बालबालिका सहित ८ जना रहेका थिए । 
गाडी चालक भुमिकास्थान नगरपालीका ६ का घाइते जिप चालक श्यामबहादुर  घर्तीले लात्तेबाँझको उकालोमा ब्रेक फेल भएपछि दुर्घटना भएको बताएका छन् । तर गाडी दुर्घटना भएको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
दुर्घट्नामा परी मृत्यू हुनेमा प्युठानको ऐरावति गाउँपालिकाकी १४ वर्षिय मोनिका आचार्य, ऐरावतीकै ५२ वर्षीय धनबहादुर राना र सन्धिखर्क नगरपालिका – १२ डिर्भनाका ३ वर्षका प्रिन्स श्रेष्ठको मृत्यू भएको छ। बालकको सन्धिखर्क अस्पतालमा निधन भएको  थियो।
घाइते १६ जनामध्ये १५ जनालाई थप उपचारका लागि अञ्चल अस्पताल बुटवल रिफर गरिएको छ भने एक जनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छ।
उता जीप दुर्घट्ना भएको थाहा पाएपछि जिल्लाबासीको घ्यान दिनभर लात्तेबाजमा गएको थियो । अर्घाखाँचीमा देउराली यातायातका पुराना गाडी खुलेआम सञ्चालनमा आइरहेका छन् ।
जिप सडकबाट करिब एक सय मिटर तल खसेको छ। अर्घाखाँचीमा  साघुरो कच्ची सडकको जोखिम हुँदा हुँदै पनि यहाँ चल्ने जीपहरुले क्षमता भन्दा बढी यात्रु बोकेर हिँड्ने गरेको देखिन्छ । तर प्रहरीले कुनै कारबाही चलाऊन सकेको छैन् ।

मृत्‍यु हुनेको विवरण:-  
(१)-  मोनिका आचार्य प्युठान, ऐरावति गाउँपालिका वडानम्वर ६ बैरेनीकी १४ बर्षिया  
(२) धनबहादुर राना प्युठान ऐरावतीकै ५२ वर्ष 
(३) प्रिन्स श्रेष्ठ, सन्धिखर्क नगरपालिका – १२ डिर्भनाका ३ वर्ष 
(४) बिष्णुमाया श्रेष्ठ, सन्धिखर्क १२ डिभर्ना ३० 
घाईतेहरुको विवरण:- 
(१)- भुमिकास्थान ९ का भारती थापा
(२) –  भुमिकास्थान ७ का शिवबहादुर रायमाझी
(३) सन्धिखर्क १२ का विष्णुमायाँ श्रेष्ठ (मृत्‍यु)
 (४) भुमिकास्थानका ज्ञानु थापा
(५) रोल्पाका रेगबहादुर थापा
 (६) रोल्पाका निर्मला घर्ती मगर
(७)  सन्धिखर्क ९ का मुमादेवी आचार्य
 (८) मालारानी ५ का सन्ध्या भुसाल
(९) प्युठान ऐरावतीका सोनु शाही
(१०) प्युठान ऐरावतीका डेविट विक्रम शाह
(११) सन्धिखर्क १२ का राजेश नेपाली
(१२) भुमिकास्थान ५ का मिना बन्जाड
(१३) भुमिकास्थान ८ का हिराबहादुर विक
 (१४) भुमिकास्थान ६ का संगीता घर्ती
 (१५) भुमिकास्थान ५ का जीवन थापा 
(१६) भुमिकास्थान नगरपालिका ६ का ड्राईभर श्यामबहादुर थापा
ड्राईभर श्यामबहादुर थापालाई पनी भैरहवा रिफर गरिएको प्रहरी निरिक्षक गम्भीर जंग शाहले जानकारी दिए । गाडी दुर्घटना गराएका चालक थापालाई प्रहरीको नियन्त्रणमा उपचारका लागी भैरहवा लगिएको छ । भुमिकास्थान ५ का जिवन राना भने जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भईरहेको छ ।


अन्य समाचारहरु