सन्धिखर्क नगर उपप्रमुख ठाकुर कुमार बिकद्दारा विकास निर्माणका काम आँफै नापजाँच गर्ने, गुणस्तरीय काम नगरे भुक्तानी नदिने चेतावनी

सुर्य भुसाल 
सन्धिखर्क । सन्धिखर्क नगर उप–प्रमुख ठाकुर कुमार बि.क किशोरले ठिक शीत काम नगर्ने जो कहिलाई नछाड्ने चेतावनी दिदै  विकास निर्माणका काममा उपभोक्ताको रेखदेख र खबरदारी गरेर बिकास लाई पारदर्शिता बनाउनु  पर्नेमा जोड दिनु भएको छ ।
अनुगमन समितिका संयोजक समेत रहनुभएका बि.क ले स्टेमेट भन्दा फरक काम भएकालाई पुन मापदण्ड र प्राबिधिक स्टेमेट अनुसार काम गर्न लगाउदै सो कुरा बताउनुभएको हो । सन्धिखर्क नगरपालिका  वार्ड नम्बर ४  मा नगरपालिका बाट  सन्चालित तथा वार्ड स्तरिय बिकास का निर्माणका काम हरु   बिभिन्न योजनाहरुको अनुगमन गर्दै उहाँले गुणस्तर काम नगर्ने उपभोक्ता समिति तथा ठेकेदार भुक्तानी रोकिने चेतावनी दिदै योजना मा प्राबिधिक सहित अाफै फिता लगाएर नापेपछि उपभोक्ता दङग परेका थिए । 
सन्धिखर्क नगरपालिका प्रमुख प्रसासकिय अधिकृत निरज पौडेलले  नगरपालिकाले अनुगमनबाट सम्पन्न योजनाहरुको भुत्तानी प्रत्रियालाई तिब्रता दिइएको बताउदै गुणस्तरीय काम नभएको ठाउमा भुक्तानी नदिने बताउनु भयो  । उहाँले काम सम्पन्न नभएका योजनाहरुको अनुगमनको आधारमा भुत्तानी रोकिएको उल्लेख गर्नुभयो  ।
अनुगमनमा अनुगमन तथा सुपरीबेक्षण समितिका संयोजक नगर उपप्रमुख ठाकुर कुमार बिक, वार्ड अध्यक्ष कृस्न प्रसाद श्रेष्ठ कार्यपालिका सदस्य मान बहादुर सुनार ईन्जिनियर रुपेन्द खत्रि लगाएको उपस्थिति रहेको थियो । 

अन्य समाचारहरु