चुत्राबेसीको त्रिबेणी साकोसको दुई दिने सहकारी अध्ययन अवलोकन भ्रमण सम्पन्न

श्याम घिमिरे
चुत्राबेसी चैत्र २६  । त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सन्धिखर्क २ चुत्राबेसीको आयोजनामा संस्थाको वार्षिक कार्ययोजना अन्तरगत दुई दिने सहकारी अबलोकन तथा भ्रमण कार्य सम्पन्न भएको छ । चैत्र २२ र २३ गते गरी दुई दिने अबलोकन भ्रमण कार्य सम्पन्न गरेको संस्थाका अध्यक्ष चन्द्रप्रसाद बन्जाडेले जानकारी दिनुभयो ।
भ्रमणले धेरै कुरा सिकाएको र भ्रमण पुर्णरुपमा प्रभाबकारी र फलदायी भएको भ्रमणमा सहभागी संस्थाकी शेयर सदस्य तारादेबि भुसालले बताउनु भयो ।
भ्रमणको क्रममा कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालीका १३ बनगाईमा रहेको सिनर्जी साकोस र रूपन्देही जिल्लाको तिलोत्तमा नगरपालीका १५ कोटिहवाको प्रतिष्ठित एवं सफल उन्मुख जनउत्थान साकोस सहकारीको अध्ययन अवलोकन गरीनुका साथै नेपालको पहिचान बोकेको ऐतिहासिक धार्मिक स्थल भगवान गौतम बुद्धको जन्मभूमी लुम्विनी र कपिलबस्तुको जगदिसपुर तालको सफलतापूर्वके अबलोकन भ्रमण सम्पन्न भएको भ्रमण ब्यबस्थापक समितिका सदस्य नारायण भुसालले बताउनु भयो ।
बहुसंख्यक शेयर सदस्य भएको सहकारीमा पूर्ण प्रजातान्त्रिक विधि र मूल्यमान्यता अनुरूप क्रमश सिरियल नम्वर अनुसार शेयर सदस्यलाई अध्ययन अवलोकन भ्रमणको व्यवस्था भएको संस्थाका लेखा समिति सदस्य शिब बेल्लवासेले बताउनु भयो ।
यसपटक सिरियल नम्बर १ देखि २१२ जना शेयर सदस्यसम्म बाट ७७ जना शेयर सदस्यहरुको सहभागिता रहेको बेल्बासेले बताउनु भयो ।
दुई दिने अबलोकन भ्रमणको क्रममा गाडीभाडा,खाना, नास्ता,बासबस्ने लगायत १ लाख ४० हजार ६ सय ५७ रुपैया खर्च भएको संस्थाका कार्यकारी निर्देशक तुल्सीराम खनालले जानकारी दिनु भयो ।
यसैबिच भ्रभणको क्रममा सहयोग र्पुयाउने सम्पूर्ण सेयर सदस्यहरु,सहकारीद्वय सिनर्जी र जनउत्थान साकोस, सवारी चालक, सवारी धनि,होटल व्यवस्थापक लगायत सम्पूर्णमा हार्दिक धन्यवाद एवं आभार प्रकट गरेको भ्रमण व्यवस्थापक संयोजक टोपलाल खनाल र सदस्य मधु बन्जाडेले जनाउनु भएको छ ।

अन्य समाचारहरु