( प्रकासित मिती: २०७५ चैत्र २७, बुधवार)
उजुरी गर्ने समुहका प्रमुख बसन्त श्रेष्ठ ।
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची डट्कममा प्रकासित समाचार तस्बिरलाई लिएर अर्घाखाँची जिल्लाको पत्रकारको एक समुहले प्रेस काउन्सिल नेपाल उजुरी गरेको छ ।
प्रेस काउन्सिल नेपालको चलानी नम्बर ३११ – ०७५-०६५ ताकेता अनुसार उक्त उजुरीमा बसन्त श्रेष्ठको समुहले
सन्धिखर्कको पाणिनी चोकमा मृत अवस्थामा शिशु फेला शिर्षक समाचारमा विभत्स तस्बिर प्रकासित गरेको भन्दै उजुरी गरेपछि काउन्सिलले स्पष्टिकरण मागेको थियो । सोही अनुरुप डट्कमले प्रेस काउन्सिल नेपालको चलानी नुम्बर :४०८-०७५-७६ / २०७५ चैत्र २६ गते मंगलवार ताकेता सम्बन्धमा स्पष्टिकरण दिएको छ ।
प्रेस काउन्सिल नेपालको ताकेता
जस स्पष्टिकरण भनिएको छ;
सन्धिखर्कको पाणिनी चोकमा मृत अवस्थामा शिशु फेला २०७५ फाल्गुन १२, आईतवार प्रकासित समाचारका तस्बिर कानुनत उजुरीमा भने अनुसार विभत्स थिएनन् । जुन हत्या भएको रगत देखिएको थिएन् । सामान्य जन्मेको बच्चाको आकार थियो , जुन बच्चा शारिरिक रुपमा पूर्ण बिकासित नभइईसकेको ५,६ महिनाको देखिन्थियो । तस्बिरमा त्यस्तो बसन्त श्रेष्ठले प्रेस काउन्सिलमा उजुरी दिए जस्तो केही विभत्स थिएन् । तरपनि पत्रकार आचार संहिता पालना गर्दै वा मानविय संवेदनालाई ख्याल गर्दै प्रकासित गरेको उक्त प्रकासित छोटो स्थानिय समाचारका तस्बिर ह्टाइएको छ ।
अर्को कुरा बुलन्द न्युज (bulandanews.com.np) भनी प्रकासित गर्दै आएका तथा केही एनजिओ संघ-संस्थामा काम गर्ने पुर्व एमाले, अहिले नेकपाको विधार्थी नेता सन्धिखर्कलाई आधार बनाएर बसेका बसन्त श्रेष्ठले अर्घाखाँचीडट्कमले लामो समय देखि विभत्स लगायतका तस्बिर प्रकासित गर्दै आएको र बारम्बार मौखिक रुपमा सुझाव दिएको भन्दै प्रेस काउन्सिलमा झुट उजुरी दिएका हुन् । यसमा कुनै सत्यता छैन् । बसन्त श्रेष्ठले अहिलेसम्म कहिले पनि सुझाव दिएका छैनन् । कि त प्रमाण दिनु पर्यो डट्कमको कहाँ- को मान्छेलाई सुझाव दिएको हो ? श्रेष्ठले अर्घाखाँचीडट्कममा आँफै एनजिओ संघ-संस्थाका समाचार बनाएर प्रकासित गर्न लगाउन्छन् । चुनावका बेला होस् कि प्राय पुर्व एमाले, नेकपाका राजनीतिक, प्रतिनिधिको समर्थनमा न्युज बनाएर डट्कमलाई प्रकासित गर्न लगाउन्थे । साथै कांग्रेस वा अन्य विपक्ष दलले चुनावी पैसा बाड्न लागेका भन्दै भिडियो, तस्बिर देखि जिल्लामा अहिलेसम्म विपक्षी व्याक्तिका नकारात्मक समाचार डट्कममा पठाएर प्रकासित गर्न दवाब दिदै आएका व्यक्ती हुन् पत्रकार बसन्त श्रेष्ठ। तर उनका हरेक क्रियाकलापलाई डट्कमले राम्रो सुझाव दिदै, उनी विरुद्द उजुरी सम्म गरेको थिएन् । उनले पठाएका समाचार जुन पत्रकार आचार संहिता विरुद्द छन् ति सबै हाम्रो साथ सुरक्षित छन् ।
यस्तै अगाडि स्पष्टिकरणमा भनिएको छ कि; हो पत्रकारले सहकर्मी वा आफ्नै नजिकको संचारसंस्थालाई सहयोग – सुझाव दिनुको सट्टा डट्कमले कहिलै नगरेका, नभएका गलत ईतिहास बताउदै प्रेस काउन्सिलमा झुट उजुरी दिनु राम्रो पक्ष होइेन । साथै झुट, स्वार्थका लागि प्रेस काउन्सिललाई दु:ख दिनु राम्रो होइेन । सबैमा स्मरण होस् कि यस बाहेक आफ्नो स्वार्थको लागि कसैको विरुद्द, कसैको चरित्र हत्या गर्ने खालका समाचार बनाएर पनि डट्कमले सहयोग नगरेको भन्दै कयौ पित पत्रकारिता गर्नेहरु डट्कम र यसमा आवद्द संचारकर्मीहरुको दिनानुदिन बदनाम गर्दै आएका छन् । बसन्त श्रेष्ठको झुट उजुरी यसैको स्वरुप हो । बसन्त श्रेष्ठ समुहले उजुरी दिएपछि अर्घाखाँचीडट्कमको बदनाम हुन्छ, कारबाही पर्छ भन्दै भोज गर्नु तुच्छ सोच हो । बसन्त श्रेष्ठ समुहले आफ्नो स्वार्थ पुरा गर्न राजनीतिक पक्ष, विपक्षका विषयलाई लिएर अरुको चरित्र हत्या गर्ने, बदनाम गराउन समाचार लेख्न दवाब दिने कुरालाई अर्घाखाँचीडट्कमले समर्थन, सहयोग गर्दैन । डट्कमबाट राम्रो कामको लागि सबै राजनीतिक दल, संघ-संस्थालाई समान सम्मान छ ।
स्मरण रहोस्, अर्घाखाँचीडट्कम सन् १९९९ देखि ब्लग/समाचार हुँदै सन् २००६ देखि (www.arghakhanchi.com) मार्फत कहिले प्रिन्ट र नियमित अन्लाईन संस्करण प्रकाशन गर्दै आएको छ । डट्कमको अन्लाईन ईतिहास नेपालका अहिलेका राष्ट्रिय संचारमाध्यम भन्दा पुरानो हो । अहिलेसम्म कहिले पनि आफ्नो स्वार्थको लागि कानुन विपरित, कसैको विरुद्द, कसैको चरित्र हत्या गर्ने खालका समाचार प्रकासित गरेको छैन् । अर्घाखाँचीडट्कमको लगभग १५ वर्षको ईतिहासमा पत्रकार आचार संहिता पूर्ण त पालन गरेको छ र आगामी दिनमा पनि सधैं कानुन, आचार संहिता पूर्ण रुपमा पालन गर्नेछ ।
पुनस्व: प्रेस काउन्सिल नेपाललाई धन्यवाद दिदै के स्मरण गराउन चाहन्छौ भने अर्घाखाँचीडट्कमको वर्षौ ईतिहासमा अहिलेसम्म कहिले पनि पत्रकारिता आचार संहिता विपरित कार्य गरेको छैन् । र आगामी दिनमा कदापी गर्ने छैन् । बसन्त श्रेष्ठको बचपना झुट उजुरीले डट्कमलाई अझै पत्रकार आचारसंहिताप्रति जिम्मेवार र उत्तरदायी बनाएको छ ।
साथै बसन्त श्रेष्ठले दिएको उजुरी पूर्ण त गलत झुट भएकोले त्यसलाई खारेज गर्दै, Media Monitoring अभिलेखबाट उक्त उजुरीलाई हटाईदिनुहुन र उसको कुरा, क्रियाकलाप, झुटा निवेदनमा विश्वास नगरिदिनुहुन अनुरोध गरिन्छ । साथै गलत झुट उजुरी दिने बसन्त श्रेष्ठले स्थापित संस्था अर्घाखाँचीडट्कम र संस्थामा आवद्द संचारकर्मी माथि मानहानि, बदनाम गराएकोले पत्रकारिता आचार संहिता अनुसार सक्दो, जटिल कारबाही गर्न माथिको स्पष्टिकरण सहित यो निवेदन दिइएको छ ।
प्रेस काउन्सिल नेपालको ताकेता
उजुरी दिनमा पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्षसम्मको संलग्न
अर्घाखाँचीडट्कम विरुद्द प्रेस काउन्सिल नेपालमा उजुरी दिन पत्रकार महासंघ अर्घाखाँची शाखाका अध्यक्ष हिम बहादुर जिसी लेकाली र फेसबूकमा सक्रिय पत्रकार तथा कलाकार सहयोगी विसीको संलग्न रहेको उजुरीकर्ता बसन्त श्रेष्ठले नै बताएका छन् । स्थानिय एक संचारकर्मीसँग श्रेष्ठले हिम बहादुर र सहयोगी विसी लगायतको अनुरोधमा उजुरी गरेको स्वीकार गरेका हुन् । उनले अरु – अरु भनेता पनि नाम भने उल्लेख गर्न चाहेनन् ।
बसन्त श्रेष्ठले पत्रकारको नाममा सन्धिखर्कमा बस्दै विभिन्न व्यक्ति, राजनीतिक दल, संघ-संस्थाका बारेमा चरित्र हत्या गर्ने, बदनामी गर्ने खालका समाचार प्रकासित गर्न डट्कमलाई प्रकाशनका लागि पठाउने गर्थे । अर्घाखाँचीडट्कमको लगभग २ दर्शक ईतिहासमा कसैले यस्तो उजुरी गर्ने हिम्मत गरेको थिएन त्यो पनि झुट, तर बसन्त श्रेष्ठको समुहले गरेको छ । ति तस्बिरहरु डट्कममा मात्र नभएर सामाजिक सन्जाल र अन्य संचारमाध्यममा समेत प्रकासित छन् । जुन सामान्य छन् ।
पत्रकार महासंघ अर्घाखाँची शाखाका अध्यक्ष हिम बहादुर जिसी लेकाली अर्घाखाँचीडट्कम विरुद्द शुरु देखि नै लागि परेका हुन् । उनलाई डट्कमको नाम नै मन पर्दैन। जिल्लाका भूमिकास्थानको समाचारलाई लिएर केही दिन अगाडि एक कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेताहरुलाई अर्घाखाँचीडट्कम मुद्दा हाल्न अनुरोध गरेका थिए । हिम बहादुरले कुनै पनि कार्यक्रममा डट्कमलाई आमान्त्रण नगर्न र सम्मान नगर्न आयोजकलाई मनाउदै आएका छन् । जसको स्वरुप अर्घाखाँची जिल्लाको एक मात्र प्रमुख संचारसंस्थालाई पछील्लो समयमा कुनै कार्यक्रममा औपचारिक रुपमा आमान्त्रण गरेको देखिदैन्, गर्छन् त केवल फेसबूक २,४ दिन चल्ने अन्लाईन एफ.एम रेडियोलाई ।

यस्तै अर्का फेसबूकमा सक्रिय पत्रकार सहयोगी विसीले पछील्लो समय अर्घाखाँचीडट्कम विरुद्द लागि परेका छन् । उनिले अर्घाखाँचीडट्कमका प्रतिनिधिहरु जसले अन्य संचारमाध्यममा काम गरेका छन्, उनिहरुलाई डट्कमसँग सहकार्य नगर्न अनुरोध मात्र गरेका छैनन्, आफुले पोस्ट गरेका हेडलाईनबाट समाचार चोरेको आरोप लगाउदै विसीले डट्कमलाई समाचार पठाउने संचारकर्मी प्रति रुष्ट हुँदै आफुले पोस्ट गरेको
“अर्घाखाँची जिल्लाको हरेक समाचार अर्घाखाँची डटकमले नछुटाउने भयो। कुनै ठाउँको समाचार फोटो छुटदै छुटदीन बा कति सकृय मान्नै पर्दछ ।” भनी आँफैले गरेको फेसबुक स्टाटसमा अर्घाखाँचीडट्कम विरुद्द बदनामी पूर्ण कमेन्ट गरेका थिए । जुन कमेन्टहरु उनले पछि हटाएका छन् । कतै कार्यक्रममा पुगेर वा कसैबाट सुनेको भरमा विसीले समय – समयमा समाचार पोस्ट गरिरहेका हुन्छन् । उनी अहिलेसम्म कुनै गीत संगीत आँफैले उत्पादन नगरे पनि लोक दोहोरी कलाकार जिल्लाका प्रमुख हुन् । साथै समय – समयमा सडक बालबालिका, उपचार गर्न नसक्नेलाई बजारबासी वा बाहिर रहेका अर्घाखाँचीबासीलाई अनुरोध गरेर सहयोग गरेको पोस्ट फेसबूकमा पोस्ट गरेका देखिन्छन् । फेसबूक बाहेक विसी कुनै संचारमाध्यममा आवद्द छैनन् ।
अर्घाखाँचीडट्कमले समय – समयमा भ्रष्टचार, स्थानिय प्रतिनिधिबाट गरेका आर्थिक हिनाबिना लगायतका विभिन्न प्रमाण सहितका प्रकासित समाचारहरुलाई लिएर पत्रकार महासंघ अर्घाखाँचीबाट नै बारम्बार कारबाही गर्ने धम्की आएको देखिन्छ । जिल्लामा यि माथिका फेसबूके पत्रकार होस् वा राजनीतिक दलका एफ.एम रेडियो अन्लाईन होस् उनिहरुले यतार्थ समाचार लेख्ने, बोल्ने हिम्मत गरेको देखिदैन् । तर अर्घाखाँचीडट्कमले प्रचलित कानुन, पत्रकारिता आचार संहितामा रही निरन्तर अगाडि बढेको छ ।
कृपया प्रकासित समाचार सामाग्रीको बारेमा सुझाव, सल्लाह दिन परेमा info@sandhikharka.com मार्फत संपर्क गर्न सकिनेछ ।