(प्रकासित मिती: २०७५ चैत्र २६, मंगलवार)
बिक्रम पाण्डे
झेडी, अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका नुवाकोट लात्तेबाँजमा सोमवार जीप दुर्घटनामा परी ज्यान गुमाएका सन्धिखर्क नगरपालिका वडा न १२ झेडी निवासी ३० वर्सीय बिष्णुमाया श्रेष्ठ र उनका ४ वर्सीय छोरा प्रीन्स श्रेष्ठ प्रती नेपाली काङ्ग्रेस वडा न १२ ले अन्तिम श्रद्धाञ्जली ब्यक्त गरेको छ ।
बिष्णुमाया श्रेष्ठको पार्थिव शरीरमा पार्टीको झण्डा ओडाउदै वार्ड सभापति लिलाधर बस्यालले मृतक आत्माको चीर शान्तीको कामना गर्दै भावपुर्ण श्रद्धाञ्जली ब्यक्त गरे ।
आमा छोराको निधनले आज सिङ्गो वार्ड बासीलाई स्तब्ध बनाएको भन्दै बिष्णुमाया श्रेष्ठले पार्टीमा रहेर खेलेको भुमिका कहिल्यै बिर्सन नहुने बताए । पार्टीले होनहार कार्यक्रता गुमाएको उनले बताए ।
श्रद्धाञ्जली कार्यक्रममा जिल्ला समन्वय समिती सदस्य झम्मन कुमारी श्रेष्ठ ,सनपा १२ का वडा सदस्य नारायण खडका वडा सदस्य बाबुराम बस्याल , विभिन्न बिद्यालयका प्र अ , शिक्षक लगायतका हजारौ जनाको उपस्थिती रहेको थियो । भने संचालन छन्दलाल श्रेष्ठले गरेका थिए ।
सोमवार दिउँसो भएको उक्त घटनामा ४ जनाको मृत्यु भएको थियो भने १५ जना घाईते भएका थिए । मृतक बिष्णुमाया श्रेष्ठका श्रीमान रोजगारको शीलशीलामा मलेसिया छन् । उनकी जेठी छोरी अहिले ११ वर्सकी छन् । कक्षा ५ मा पढ्छिन । उनका भाइ प्रीन्स श्रेष्ठ आगामी बैशाख देखि स्कुल भर्ना हुने समेत बताईएको थियो । अनौपचारिक रुपमा स्कुल समेत जाने गरेको सनराईज ईङ्लिश बोर्डिङ्ग हाई स्कूलका प्रीन्सीपल नारायण प्रसाद पौडेलले बताए ।
मृतकको दाहसंस्कारको निम्ति अहिले वाङ्ला मधुरामा लगिएको छ । त्यस्तै दुर्घटनामा घाईते सन्धिखर्क १२ कै राजेश नेपालीलाई शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।