युवा ब्यबसायी बसन्त भुसाल
प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कका निर्माण व्यवसायी तथा ठेक्दार, युवा ब्यबसायी बसन्त प्रसाद भुसाल सबैका उदाहरणिय बनेका छन् ।
भुसालेले जिल्लामा गरेका निर्माण, ठेक्का-पट्टाका काम समयमा सिद्दाउनुका साथै गुणस्तरीय रहेको भन्दै स्थानियबासीले सराहना गरेको देखिन्छ ।
उता भुसालले ३० महिनामा गर्नुपर्ने गोरसिङे – सन्धिखर्क सडक खण्डको अन्तर्गत गोरसिङे- पत्थरकोट सडक विस्तार र कालोपत्रे गर्ने काम १३ महिनामा नै सिद्दाउन थालेका छन् । अबको १५ दिनमा सिद्दाउन लागि परेका भुसाल यस वर्षको आफ्नो जन्मदिन पनि सडकको काममा विताएका छन् ।
भुसालले अहिले गोरसिङे – सन्धिखर्क सडक खण्ड विस्तार र कालोपत्रे गर्नको लागि ५० बढी कामदार रातदिन खटाएका छन् ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर ८ किमडाँडामा जन्मेका र हाल सन्धिखर्क वार्ड नम्बर १ मा बसोबास गर्दै आएका बसन्त भुसाल अहिले युवा ब्यबसायीको रुपमा परिचित छन् ।
सानै उमेरदेखि निकै मिहिनेती अनुसासित सालिन भद्द स्वभावका वसन्त भुसाल अर्घाखाँचीको पहिलो युवा ब्यबसायी हुन् ।
युवा ब्यबसायी भुसाल निकै सामाजिक सरल सहयोगी मनका धनिको रुपमा परिचित छन्, उनले समय – समयमा पैसाको अभावमा उपचार गर्न नपाएका गरिवहरुलाई आर्थिक सहयोग गर्दै आएका छन् ।
सन्धिखर्कको मेन चोकमा रहेको भुसाल आयल सेन्टर तथा रुपन्देहीको बासगढिमा रहेको भुसाल पेट्रोल पमको प्रोपाईटर समेत रहेका सामाजिक अभियान्ता वसन्त भुसाल अर्घाखाँची नभई अहिले ५ नम्बर प्रदेका चर्चित काम गर्न सक्ने क्षमतावहान निर्माण ब्यबसायीको रुपमा चर्चित समेत छन ।
हेबी ईक्विपमेन्ट व्यवसायी समितिको केन्द्रीय बरिष्ठ उपाध्यक्ष समेत रहेका युवा ब्यबसायी भुसाल अहिले ५ नम्बर प्रदेसको हेबी ईक्विपमेन्ट व्यवसायी अध्यक्ष समेत हुन् ।
तस्बिरमा गोरसिङे- पत्थरकोट सडक विस्तार: