प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा कल्याणीसेवा नेपालले आगलागी पीडितलाई सहयोग गरेको छ ।
सन्धिखर्कमा एक कार्यक्रमका बिच खरियापाटाका आगलागी पीडित बबिता कुमाललाई ३० केजी चामल, २ लिटर तेल, चाउचाउ, बिस्कुट, लत्ता कपडा लगायतका सामाग्री सहयोग गरेको हो ।
बबिता कुमालको घरमा केही समय अगाडि आगलागी भएको थियो ।
यस्तै संस्थाले भुमिकास्थान घेन्चनबास निवासी मिर्गौला पिडितलाई १० हजार रुपैया आर्थिक सहयोग गरेको छ ।
तस्बिरहरु: कमला खनाल भण्डारी