धारापानीका एक युवाको गोरुसिंगे मोटरसाइकल दुर्घट्नामा मृत्‍यु

बसन्तपुर र गोरुसिंगे सडक खण्ड
अर्घाखाँचीडट्कम संवाददाता 
बुटवल । अर्घाखाँची जिल्लाको भूमिकास्थान वार्ड नम्बरका ३ धारापानीका एक  युवाको कपिलबस्तु जिल्लाको गोरुसिंगेमा मोटरसाइकल दुर्घट्नामा मृत्‍यु भएको छ । 
   
धारापनीका राजेन्द्र थापा अर्घाखाँचीबाट बुटबल तर्फ जाँदै गर्दा बुधबार साँझ कपिलवस्तु बसन्तपुर र गोरुसिंगे सडक खण्डमा बिपरित दिशाबाट आउदै गरेको टिप्परले ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको गोरुसिंगे ईलाका प्रहरीले बताएको छ । 
थापा परिवार सहित बुटवलको बेलबासमा बस्दै आएका थिए । टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । असुरक्षित ढंगबाट तीव्र गतिमा सवारी साधनहरु चलाउँदा त्यस सडक खण्डमा बढी दुर्घटना हुने गरेको गोरुसिंगे ईलाका प्रहरीले बताएको छ । 
घटनाको प्रहरीले थप अनुसन्धान भईरहेको बताएको छ ।

अन्य समाचारहरु