प्रदिप सूर्यवंशी पाणिनी सम्बादाता
भर्तापुर, अर्घाखाँची २०७५/चैत्र २८बिहिवार (अर्घाखाँची डट्कम्) । पाणिनी गाऊँपालिका वार्ड नं:-५ मैदान भर्तापुरमा श्री जन ज्योति आधारभूत विद्यालयमा शैक्षिक सत्र २०७५ सालको अन्तिम परिक्षाफलको नतिजा आज प्रकाशन भएको छ।
यस विद्यालयको स्थापना वि.स. २०२७ सालमा भएको थियो। र पहिले श्री जन ज्योति माध्यमिक विद्यालय नाम वाट सञ्चालन भएको थियो भने वि.स. २०७४/वैशाख देखि यस विद्यालयको नाम श्री जन ज्योति आधारभूत विद्यालय राखिएको छ। पहिले ३०० को हाराहारीमा विद्यार्थी थिए भने अहिले आएर कति यहाँका स्थानीय वासिन्दा कपिलवस्तु, रुपन्देही तिर वसाई सराई र बोर्डिङ्ग स्कूलमा पढाउन लग्ने गरेको कारण यस विद्यालयमा विद्यार्थीको संख्या वाल शिक्षा देखि लिएर कक्षा ८ सम्म जम्मा १८७ जना विद्यार्थी मात्र भएको यस विद्यालयको प्रध्यानध्यापक:- प्रेम बहादुर रोकाहाले वताउनुभएको छ।
सर्टिफिकेट लिएर तराई पढाउन लग्ने र फेरि यहाँ फेरि आएर भर्ना भएको पनि देखिएको कारण अब देखि बसाई सराई गरेपनी वडा र पालिकाबाट बसाई सराईको कागजाट पेस गरे बापत मात्र स्कुलको सर्टीफिकेट दिने समेत रोकाहाले उल्लेख गर्नुभएको थियो। यस विद्यालयको नर्सरी कक्षादेखि कक्षा ७ सम्मको नतिजा सबै बिद्यार्थी पास भएको विद्यालयका प्रधानध्यापक रोकाहा बताउनुभएको छ। यहाँ LKG र UKG लाई KG नाम राखिएको पनि जानकारी अग्रेजीमा माध्यमका बिद्यार्थीहरुलाई किताब नि:सुल्क गराईदिए आभारी हुने थियौ भन्ने सम्म यस बिधालयको प्रधानद्यापक रोकाहाको भनाई छ। र मोटर बाटोको कारण केही भागमा भलले बिगारेको र त्यो मर्मत गर्न पालिकाबाट बजट दिने आश्वासन पनि दिनुभएको तर अझै सम्म त्यो काम मर्मत गर्न पैसा नभएको समेत र बिद्यार्थीहरुलाई खेल खेल्ने चौर पनि नभएको रोकाहाले जानकारी दिनुभएको छ।

कक्षा ८ को परीक्षा नतीजा भने पालिका स्तरीय भएको कारण केही दिनमै छिट्टै शैक्षिक सत्र २०७५ को परिक्षाफल नतिजा आउने विद्यालयका शिक्षक नन्द बहादुर सिंजालीले वताउनुभएको छ। यस कार्यक्रममा विद्यालयका समिति, शिक्षक,शिक्षिका,पाणिनी गाउपालिका ५ वडा सदस्य: धन बहादुर सिंजाली बिद्यालय ब्यबस्थापन समितिका सदस्य: बुद्धि बहादुर गाहा,यसैगरि स्वतंत्र पत्रकार संघ अर्घाखाँची शाखाका प्रदेश पार्शद:-प्रदिप सूर्यवंशीले पनि आफ्नो -आफ्नो मनतव्य राख्दै बिद्यार्थीहरुलाई उज्ज्वल भबिस्यको कामनाको सुभकामना पनि दिनुभएको थियो।र यस बिधालयमा यहि फाल्गुन ९ गते पालिकाबाट एउटा कम्प्युटर र यहि चैत्र २२ शुक्रबारका दिन गते नेपाल दुरसंचार प्राधिकरणका निर्देशक अर्जुन घिमिरेलेपनि एउटा कम्प्युटर पनि र सहयोग गरेको प्रती पनि धेरै-धेरै धन्यवाद यसै कार्यक्रममार्फत रोकाहाले भन्नुभएको थियो। र प्रीरिन्टर र फोटोकपी मेसिन पनि घिमिरेले २०७६ जेष्ठ सम्म दिने कुरा आश्वासन दिनुभएको पनि रोकाहाले दिनुभएको छ।

नर्सरी कक्षामा नबिना गाहा,के.जि.कक्षामा बिष्णु सारु,कक्षाम १ मा तुलसा खंम्चाकी, कक्षा २ मा प्रिया सारु,कक्षा ३ मा अन्जना सुर्यबंशी,कक्षा ४ मा अनुप सिंजाली,कक्षा ५ मा दिनेश खंम्चाकी कक्षा ६ मा तारा कला रोकाहा र कक्षा ७ मा रन्जना रोकाहा उतिर्ण भएका छ्न।र यसिगरी हाजिरी र नियमिततामा कक्षामा १ मा लक्ष्मी सुर्यबंशी,कक्षा २ मा ललिता गाहा,कक्षा ३ मा बिपिन गाहा,कक्षा ४ मा युगेश सिंजाली, कक्षा ५ मा जुनुकला खंम्चाकी, कक्षा ६ मा ताराकला रोकाहा र कक्षा ७ मा लोक बहादुर सुर्यबंशीले पनि स्कुल सबै भन्दा कक्षामा हाजिर नियमितताको कारण तिनिहरुलाई पनि पुरस्कार र अबिरले फेरि सम्मान गरिएको थियो।
यस विद्यालयको उतिर्ण हुने विद्यार्थीलाई विद्यालयका ब्यबस्थापन समितिको सदस्य भुमी खंम्चाकी र शिक्षक अभिभावक संघका अध्यक्ष ओम बहादुर सिंजालीले छात्राछात्रहरुलाई अविर (रातो टिका) लगाई पुरस्कार वितरण गरेका थिए। यस विद्यालयको अन्तिम परीक्षा नतिजा कार्यक्रम यसै विद्यालयका शिक्षक दुर्गा वहादुर रोकाहाले कार्यक्रम संचालन गर्नुभएको थियो ।
तस्बिर:- प्रदीप सूर्यवंशी