सन्धिखर्कको कुर संखेटारीमा आन्तरिक प्रतिस्पर्धामा सफल शिक्षकलाई बधाई तथा शुभकामना प्रदान कार्यक्रम सम्पन्न (तस्बिर सहित)

शोभाखर पन्थी 

संखेटारी, अर्घाखाँची । सन्धिखर्कमा आयोजित एक कार्यक्रमका सहभागी वक्ताहरुले शिक्षा क्षेत्रमा आमुल परिवर्तनको खाँचो औंल्याएका छन् । मुलुकमा राजनीतिक परिवर्तन भएपनि शैक्षिक ,सामाजिक ,आर्थिक र सांस्कृतिक क्षेत्रमा रुपान्तरण हुन नसकेको भन्दै उनिहरुले समय सापेक्ष रुपमा शिक्षामा आमुल परिवर्तन गर्नुपर्ने बताए । 

नेपाल राष्ट्रिय शिक्षक संगठन अर्घाखाँचीद्वारा सन्धिखर्कको श्री भगवती मावी कुर संखेटारीमा आयोजित ४० औं शिक्षक दिवस २०७५ तथा शिक्षासेवा आयोगबाट आन्तरिक प्रतिस्पर्धामा सफल शिक्षकहरूलाई बधाई तथा शुभकामना प्रदान गर्नआयोजित कार्यक्रमका वक्ताहरूले बैज्ञानिक ,व्यवसायीक,प्राबिधिक शिक्षाको बिकासमा जोड दिए । 
कार्यक्रममा मन्तव्य राख्दै प्रदेशसभाका सदस्य रामजी प्रसाद घिमिरेले शिक्षा क्षेत्रमा रहेको बिकृति र बिसंगतीको अन्त्य गरिनुपर्ने बताउनुभयो । उहाँले शिक्षा क्षेत्रमा परिवर्तनको अनुभुती नभए सम्म बिकास र सम्बृद्धिले सार्थकता पाउन नसक्ने बताउनु भयो ।
कार्यक्रममा मन्तव्य राख्दै नेपाल राष्ट्रिय राष्ट्रिय शिक्षक संगठन ५ नं.प्रदेश समितिका सचिबालय सदस्य दिनामणी बेल्वासेले शिक्षकको हकहित र अधिकारको निम्ति संगठन दृढता पुर्वक उभिने बताउनु भयो । नेपाल राष्ट्रिय शिक्षक संगठनका पुर्व अध्यक्ष बावुराम आचार्यले शैक्षिक गुणस्तर बृद्धिको निम्ति उच्च मनोबलका साथ काम गर्न शिक्षक हरुलाई आग्रह गर्नुभयो । नेपाल कम्युनिस्ट पार्टी नेकपा पाणिनी गाउँपालिकाका अध्यक्ष कमल घिमिरेले शिक्षकका पेसागत समस्या समाधानको निम्ति आफ्नो सहयोग र समर्थन सदैव रहने बताए । 
नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष ध्रुव के.सी.को अध्यक्षता र सचिव पान बहादुर खत्रीको संचालनमा सम्पन्न कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला उपाध्यक्ष सीता बन्जाडे,कोषाध्यक्ष नेत्रप्रसाद पोख्रेल ,सन्धिखर्क नगर समितिका अध्यक्ष श्यामबहादुर भुसाल ,पाणिनी गाउँपालिकाका अध्यक्ष मीन बहादुर थापा,मालारानी गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद मिश्र,छत्रदेब गाउँपालिकाका अध्यक्ष जीवन कुमार श्रेष्ठ लगायतका वक्ताहरूले मन्तव्य राख्दै शिक्षकका मागप्रति राज्य उदासीन भएको बताउनु भयो । दुई तिहाइ बहुमत भएको कम्युनिस्ट सरकारले शिक्षा क्षेत्रमा रहेका समस्या समाधान गर्नुपर्नेमा बक्ताहरुको जोड थियो । 
कार्यक्रममा हालै स्थायी भएका ४ दर्जन बढी शिक्षक शिक्षिकाहरु लाई सम्मान गरिएको थियो । २०३६ साल चैत २९ गते स्थापना भएको शिक्षक संगठनले आफ्नो स्थापना दिवसको अवसर पारि प्रत्येक बर्ष जिल्ला तहमा विभिन्न किसिमका रचनात्मक काम गर्दै आएको छ ।

अन्य समाचारहरु