अर्घाखाँचीका विद्यार्थी संगठनहरुले शुल्क वृद्धिको खारेजी माग राख्दै ज्ञापनपत्र बुझाए

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाका विभिन्न विद्यार्थी संगठनहरुले शुल्क वृद्धिको खारेजी माग राख्दै जिल्ला प्रशासन कार्यालय, प्याप्सन र एनप्यासनमा ज्ञापनपत्र बुझाएका छन् । 
संयुक्त विद्यार्थी संगठनले प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेलाई ज्ञापनपत्र बुझाएका हुन् । त्यस्तै प्याप्सन र एनप्यासनलाई ज्ञापनपत्र बुझाएका हुन् ।
संयुक्त विद्यार्थी संगठनले सरकारी तथा निजि विधालयमा मनोमानी शुल्क वृद्धि खारेजी, विधार्थीहरूले सार्वजनिक यातायात मा ४५% छुट पाउन पर्ने लगायतका माग रखेका छन् । 
ज्ञापन पत्र बुझाउनेमा अखिल छैठौँ,  नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, विप्लव अखिल क्रान्तिकारी रहेका छन् । 

अन्य समाचारहरु