भुमिकास्थानकी एक मृगौला पिडितलाई आर्थिक सहयोग (भिडियो तस्बिर सहित)


प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नं. ८ नुवाकोटकी एक मृगौला पिडितलाई आर्थिक सहयोग गरिएको छ ।
नुवाकोटका धर्म बहादुर बिककी मृगौला पिडित ३५ बर्षिया श्रीमती कमला बिक उपचारको लागि भन्दै आर्थिक सहयोग गरेका हुन् ।
विकको औषधी उपचारका लागि चुत्राबेसीकी पार्बता श्रेष्ठको पहलमा भुमिकास्थान नगर प्रमुख रेशम थापा, चन्द्र प्रसाद श्रेष्ठ, मिनादेबी श्रेष्ठ, पार्बता श्रेष्ठ, गोमा श्रेष्ठ, शुष्मा श्रेष्ठ, मिनादेबी सावत, रिता श्रेष्ठ, चिरञ्जीवी पौडेल, ठाकुर प्रसाद श्रेष्ठ, राजकुमार श्रेष्ठ, कृष्ण प्रसाद खनाल लगायतबाट उठेको २६ हजार ८ सय ६० रुपैया सहयोग गरिएको हो ।
मृगौला पिडित  कमला बिक अहिले बुटवलमा उपचार भईरहेको छ । आर्थिक अवस्थ्या कमजोर भएकोले सहयोग गरिदिन परिवारले सम्पूर्णमा अनुरोध गरेका छन् । कसैले सहयोग गर्न चाहेमा तलको बैंकमा जम्मा गरिदिन सकिनेछ:-
बैंक खाता नम्बर:
0300040016585800000
कपिलवस्तु शाखा, शाइन रेसुङा बिकास बैक लिमिटेड 

अन्य समाचारहरु