डिआरजी सुमन
धातिवाङ, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिका वडा नं ६ मा रहेको सनराईज युथ कल्वको २०७६ सालको शुभ कामना आदान प्रदान कार्यक्रम पाणिनी ६ वाढुंगा स्थित थामको खेल मैदानमा सम्पन्न गरेको छ ।
वि.स. २०५३ मा स्थापित यो खेल मैदानमा स्थानिय शिक्षक घन वहादुर थापा राष्कोटीको संस्थापनमा खेल्न सुरु गरिएको भएता पनि यो स्थान अहिले आएर पाणिनी पालिका कै उत्कृष्ट खेल मैदानको रुपमा परिचित हुन पुगेको छ ।
यस खेल मैदानको विकास तर्फ सन्धिखर्क नेटा पोखरा मुलसड़क देखी क्रिकेट खेल मैदान थामको चौरमा पुग्ने मोटरवाटोको निर्माणको लागी साविकको धातिवाँग गावीसले रु १ लाख ६५ हज़ार सहयोग गरेको थियो । यसको साथै दोस्रो संविधान सभा निर्वाचनमा अर्घाखाँची जिल्ला क्षेत्र नं २ वाट निर्वाचित सांसद दुमन थापाले सांसद कोषवाट एमाले नेता वर्तमान प्रदेश सांसद राम्जी घिमिरेको पहलमा १० लाख सहयोग भएको थियो । यस खेल मैदान र मोटरमाटो स्तरउन्नतिको लागी यसवर्ष प्रदेश सरकारवाट रु ३६ लाख वजेट विनियोजन भएको छ ।
यस खेल मैदानमा हाल खानेपानीको व्यवस्था र खेलाडीका लागी आवश्यक पोशाकको सक्त जरुरत देखिन्छ । पाणिनी गाउँ पालिकाका सवै वडालाई समेटि पालिकाको एक टिम वनाएर अगाडी वढाउन स्थानीय निकायको ध्यानाकर्षण गराउन खेलाडीले पत्रकारलाई आग्रह समेत गरेका थिए ।
पाणिनी गाँउपालिकाले खेलाडी र खेल मैदानको लागी विल्कुल चाँसो नदिएको गुनासो खेलाडीको थियो । विगतमा २०७४ वडा स्तरिय खेलको लागी वडाले १ लाख सहयोग गरेको भएता पनि यसको अतिरिक्त स्थानीय निकायवाट कुनै सहयोग भएको छैन क्रिकेट टिमका खेल संयोजकले डुक वहादुर सारुले पत्रकारलाई वताए ।
सनराईज युथ कल्वको नाममा स्थापित क्रिकेट खेलाडी क्रिकेटको खेल संयोजक डुक वहादुर सारु छन भने क्याप्टैन मनमोहन थापा हुन् यस टिममा राज कुमार सारु विक्रम राष्कोटी,सुरेश रास्कोटी,कृष्ण वहादुर सारु,प्रेम सारु,तोरण सिंग सोमै मगर,प्रकाश सारु,निरन राष्कोटी,मान वहादुर सारु,दिनेश सारु,अनिल रेष्मी,सागर पहराई,योगेश रास्कोटी
र राजन सारु रहेका छन ।
पाणिनी गाउँपालिकाले खेल मैदान स्तरउन्नतिको लागी प्रदेश सरकारवाट प्राप्त वजेट रकम कार्यनयन गर्नको हाल लागी टेन्डर खुला गरेको छ । जसले टेन्डर प्राप्त गरेता पनि खेल मैदान आफ्नै हो भन्ने मनसाय लिएर खेल मैदानको विकास गरेमा पाणिनीको ऐतिहासिक खेल मैदान हुनेमा कुनै संका नरहने टिम क्याप्टैन मनमोहन थापाको भनाई थियो ।
– तस्वीर डिआरजी सुमन