नुवाकोट लम्चीमा नववर्ष २०७६ को अवसरमा दोस्रो भुमिकास्थान अन्तर वार्ड स्तरीय क्रीकेट प्रतियोगिता शुरू

नुवाकोट दिपज्योती यूवा परिषद भुमिकास्थान नगरपालिका–नुवाकोटको आयोजनामा आज देखि भूमिकास्थान नगरपालिकाको–वडा नं.–८, नुवाकोट लम्चीमा दाेस्राे अन्तर वडा स्तीय क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

अर्घाखाँचीडट्कम संवाददाता 
नुवाकोट, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकाको नुवाकोट रातापोखरामा नववर्ष २०७६ को अवसरमा नुवाकोट दिपज्योती यूवा परिषदको आयोजनामा दोस्रो भुमिकास्थान नगरपालिका अन्तर वडा स्तरीय क्रीकेट प्रतियोगिता शुरू भएको छ ।
 खेलको नगरपालिका प्रमुख रेशम थापा ज्यूले एक समारोह बिच उदघाटन गर्नु भयो । दिप प्रजोनन् तथा व्यानर अनावरण गरी प्रतियोगिताको उद्घाटन गर्दै भूमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापाले खेलकुल राष्ट्रका लागि पनि महत्वपूर्ण छ साथसाथै स्वाथ्यका लागि पनि झनै महत्वपूर्ण भएकोले खेलजगतको बृद्धि र विकासको लागि आफुले कुनै कसुर वाँकी नराख्ने प्रतिवद्धता जायर गर्दै खेलको पूर्ण सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । 
भुमिकास्थान नगरपालिकाको नगरसभाबाट युबा तथा खेलकुदकालागी बिनियोजन भएको बजेट रकम साझेदारीमा दिपज्योती यूवा परिषदले गत बर्ष जस्तै यो बर्षपनी बैशाख १ गते यो क्रीकेट प्रतियोगिता आयोजना गर्ने भनि सहमति भएपनी अन्तिम समयमा आएर नगर कार्यपालिका केही सदस्यबाट बिरोध जनाए पछी नगर प्रमुख रेशम थापाले आफू खेलकुदको बिकास प्रती प्रतिबद्ध रहेको र आफूले ब्यक्तिगत रुपमा रू ३५००० पैतिस हजार सहयोग गर्ने र अन्य क्षेत्रबाट समेत सहयोग जुटाएर भएपनी खेलकुद तोकिएकै समयमा आयोजना गर्न परिषदलाइ उत्प्रेरित गरेपछी प्रतियोगिता शुरू भएको छ ।
उद्घाटन सत्रको कार्यक्रम परिषदका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षता, सदस्य पदम श्रेष्ठको स्थागत तथा सह–सचिव राम चन्द्र श्रेष्ठ संचालन सम्पन्न भएको थियो ।

अन्य समाचारहरु