राष्ट्रिय बाणिज्य बैक सन्धिखर्क शाखा अब टुडिखेलको सभाहलमा सर्ने

सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची ।  सरकारको पुण स्वामित्वमा रहेको राष्ट्रिय बाणिज्य बैक सन्धिखर्क शाखाले अब को केहिदिन पछि जिल्ला समन्वय समितिको सभाहलबाट आफ्नो सेवालाई थप प्रभाबकारी बनाउदै जनतालाई सेवा दिने भएको छ ।
सन्धिखर्कको हललाईनमा रहेको बाणिज्य बैक र जिल्ला समन्वय समितिको सहमतिमा बाणिज्य बैक विशेष डेकोरेसन सहित आफ्नो सेवालाई टुडिखेलमा रहेको सभाहलबाट सेबा दिने गरि काम भईरहेको बैकका शाखा प्रबन्धक गोपाल न्यौपानेले जानकारी दिनु भयो ।
बैकले नयाँ खाता खोल्नेका लागि अफर समेत ल्याई बिदाका दिन समेत सेबा दिन शुरु गरेको प्रबन्धक न्यौपानेले बताउनु भयो । बैकलाई आबश्यक पर्ने पार्किङ समेतको भबन सुबिधा सम्पन्न भबनबाट अब केही समयपछि सेवा दिने भएपछि सरकारी कार्यालयहरुको सेन्टर बिचमा बैक हुँदा सेवाग्राहीलाई समेत सजिलो हुने अपेक्षा सहित बैक टुडिखेल आउन लागेको श्रोतको भनाइ छ ।
बाणिज्य बैकको जिल्ला बन कार्यलय अगाडि रहेको पुर्जा वाला जग्गा सरकारी निकाय जिल्ला बन कार्यालयले अतिक्रमण गरि जग्गा मिचेर संरचना बनाएपछि बैक जग्गा भईकन पनि भाडामा बस्न बाध्य भएको हो । बैकको जग्गा बन कार्यालयको  अतिक्रमणमा परेपछि सरकारि सम्पत्तिको समेत सुरक्षा छैन भन्ने कुरा स्पष्ट हुन्छ ।
बन जस्तो कार्यालयले जग्गा अतिक्रमण गरेको सन्चारमाध्यमबाट सार्वजनिक भएपछि त्यसको चौतर्फी बिरोध भएको छ । बन कार्यालयले अहिले पनि जग्गा अतिक्रमण गरेको फिर्ता गर्न आनाकानी गरेको भन्दै आलोचना भई रहेको छ । बन कार्यालयले बाटो नभएको बाहानामा ब‌ैकको जग्गा माथि गिद्दे नजर लगाएको हो । लामो समय गुपचुपमा रहेको बाणिज्य बैकको जग्गा शाखा प्रबन्धक गोपाल न्यौपाने आएपछि मात्र खोजी भएको हो ।

अन्य समाचारहरु