श्याम घिमिरे
गोखुङ्गा चैत्र ३, अर्घाखाँची- अर्घाखाँची जिल्लाको मालारानि गाउँपालिका वडानम्वर ९ गोखुङ्गामा रहेको सुर्य माध्यामिक बिद्यालयमा बधाई तथा विदाई कार्यक्रम सम्पन्न भएको छ ।
कक्षा ११ का बिद्यार्थीहरूको आयोजनामा कक्षा १२ का बिद्यार्थीहरूलाई मंगलबार बिदाई गरिएको हो । कार्यक्रममा मनतब्य राख्दै बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम क्षेत्रीले बिद्यार्थीहरूलाई शैक्षिक यात्राको पुर्ण सफलताको कामना गर्दै भाबि दिनहरूमा शैक्षिक क्षेत्र मार्फत देश बिकाशमा लाग्न सबैलाई आग्रह गर्नु भयो । क्षेत्रीले बिद्यालयको समग्र बिकाशको लागि सबै एकजुट हुनुपर्नेमा जोड समेत दिनु भएको थियो ।
कार्यक्रममा बिद्यालय प्रअ डुक प्रसाद पौडेल,बि.व्य. स. सदस्य गिरि प्रसाद पौडेल,शिक्षक तिर्थराज पौडेल,कक्षा १२ का बिद्यार्थी डोलम पुन,हिमलाल खनाल कक्षा ११ का बिमला केसि,ठाकुर नेपाली पत्रकार श्याम घिमिरे लगायतले शुभकामना मनतब्य राख्नु भएको थियो । कार्यक्रम कक्षा ११ का बिद्यार्थी सिमा केसिको अध्यक्षता दुर्गा पुनको स्वागत मनतब्य र सरिता पुनको सन्चालनमा सम्पन्न हो ।