प्रेमनारायण आचार्य
ढिकुरा, बैसाख ३ । बर्षे दशै अर्थात बडा दशैमा जिल्लाका अधिकांस मन्दिरहरुमा नाचिने सराये नाच चैते दशैमा पनि केहि ठाउमा नाचिने गरिन्छ । हिन्दू सांस्कृतिक परम्पराको जगेर्ना गर्न तथा सबै समुदायबीच धार्मिक, जातीय सदभाव कायम गरी भाइचाराको सम्बन्ध विस्तार गर्न सराये नाच नाच्ने गरिन्छ । सराये महिला, पुरुष मात्र एक भएर हैन सबै जातजातीहरु एकै ठाउ भएर नाचीने नाच हो।
हिन्दूहरुको महान पर्व चतै दशैमा नाचिने सराये नाच आज द्धादशीकोे दिन भुमिकास्थान नगरपालिकाको ढिकुरामा रहेको जय दुर्गा काली मन्दिरमा नाचिएको छ ।
तरबार खुडा र हतियारहरु लिएर पञ्चेबाजाको तालमा नाचिने यस नाचमा देबीहरुको प्रतीकहरु आलमलाई समेत लिएर नाच्ने गरिन्छ । तरबार खुडा र हतियार प्रदर्शन सहित नाचिने यो नाचले देबी खुसी हुने बिस्वास रहेको जयकाली मन्दिर ब्यबस्थापन समिति ढिकुरा चरेपानीका अध्यक्ष हुमाकान्त पौडेलले बताए । सराये नाच अर्घाखाँचीको मौलीक नाच हो । यस नाचमा महिला र पुरुषहरु हातमा तरवार खुडा आदि लिएर वाखै भाइ हो भन्दै सराये नाच्ने गर्दछन । बर्षे दशै अर्थात बडा दशैमा जिल्लाका अधिकांस मन्दिरहरुमा नाचिने सराये नाच चैते दशैमा पनि केहि ठाउमा नाचिने जयकाली मन्दिर ब्यबस्थापन समितका सचिव खिमबहादुर खासुले बताए ।
कहिले देखि सराये नाच्न सुरु गरियो भन्ने कसैले बताउन नसके पनि सयौ बर्ष देखि देवीलाइ खुसी पार्न नाच्न थालिएको हो । बडा दशैमा अर्घा, सन्धिखर्क, खाँची, नुवाकोट, ठाडा, लगायतका देबीका मन्दिर तथा शक्ति पिठहरुमा यो नाच नाच्ने गरिन्छ भने चैते दशैमा चरेपानी सहित गौचौर , अर्घातोष र सेंगलेंगको मन्दिरमा नाच्ने गरिन्छ ।
सराये नाच अर्घाखाँची आसपासका जिल्लामा बढि प्रचलित छ । देबीले महिसासुर र शुम्भको बध गरेको खुसीयालीमा नाच्न थालिएको ढिकुराकी स्थानीय बृद्ध महिला धनकला गैरेले बताइन ।
सबै जातजाती,एक आपसमा मिलिे खुडा तरबार , तथा हतियार नचाउदै नाचिने यो नाच जिल्लाको मौलिक नाच हो र यस नाचको प्रचार प्रसार गर्न जरुरी छ ।