सिद्धाराको खयरभट्टीमा नयाँ वर्षको अवसरमा साँस्कृतिक कार्यक्रम सम्पन्न

गणेश बेल्वासे संगम 
खयरभट्टी, अर्घाखाँची वैशाख २।  अर्घाखाँचीको शितगंगा ११ सिद्धारा स्थित जनदिवा युवा क्लब खयरभट्टीले नयाँ वर्षको अवसर पारी  आईतबारका दिन साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । समाज परिवर्तन र संस्कृतिको संरक्षणका लागि विभिन्न अवसर पारी विगतका वर्षहरू देखि क्लबको पहलमा कार्यक्रम आयोजना हुदै आएको क्लबका अध्यक्ष सरोज आलेले बताए । कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न सबैले सहयोग गरेको आयोजकले बताएको छ । 
साँस्कृतिक कार्यक्रमबाट सुपा देउराली निर्माणको लागि २०,०००आर्थिक सहयोग रकम संकलन भएको छ ।
युवाहरु एकजुट भई समाज परिवर्तन सगैँ संस्कृतिको संरक्षणका लागि ुुधार्मिक स्थल हाम्रो शान, मन्दिर निर्माण हाम्रो अभियानुु भन्ने मूल नारा सहित सांस्कृतिक कार्यक्रम गरिएको आयोजकले बताएको छ । साँस्कृतिक कार्यक्रममा क्लबका स्थानिय कलाकारहरूले पुराना संस्कृति झल्किने नृत्य प्रस्तुती राखेका थिए ।
कार्यक्रम सरोज आलेको अध्यक्षता, वार्ड नं। ११ का वार्ड अध्यक्ष कपिल आलेको प्रमुख अतिथ्यता तथा अर्घाखाँचीका सामाजिक अभियान्ता गणेश बेल्बासेको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा वार्ड नं११ अर्न्तगतका छिमेकी गाँउहरुबाट दर्शकहरुको उपस्थित रहेको थियो ।

अन्य समाचारहरु