डिभर्नाका सरकारी बिद्यालयहरु अब अङ्ग्रेजी माध्यममा कक्षा सन्चालन गरिने

Image result for डिभर्ना विद्यालय arghakhanchi.com
बिक्रम पाण्डे समान्ता
डिभर्ना, अर्घाखाँची बैशाख ०३ – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा न १२ डिभर्नाका सरकारी बिद्यालयहरु यस शैक्षिक सत्र देखि अङ्ग्रेजी माध्यममा कक्षा सन्चालन गर्न तयार रहेको बताएका छन् । 
मंगलबार सन्धिखर्क १२ को वडा कार्यालयमा सरोकारवाला बिच भएको बैठकमा वडाका सरकारी बिद्यालयका प्रधानाध्यापक तथा शिक्षकले आफू अङ्ग्रेजी माध्यमको शिक्षा सन्चालनको लागि तयार रहेको बताएका हुन् ।
बैठकले यस शैक्षिक सत्र देखि माबी बिद्यालयको सहकार्यमा अनिवार्य रुपमा बाल बिकास कक्षा र कक्षा एकमा अङ्ग्रेजी माध्यममा पठन पाठन सन्चालन गर्ने निर्णय गरेको छ । साथै बैठकले प्रत्येक वर्ष एक कक्षा थप गरि अङ्ग्रेजी माध्यममै कक्षा सन्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकमा बिहान ६ बजे देखि साझ ६ बजे सम्मको समयलाई मदिरा बेचबिखन तथा सेवनलाई कसरी रोकथाम एवं नियन्त्रण गर्न सकिन्छ भन्ने सन्दर्भमा समेत वडाले सरोकारवाला सङ्ग सुझाव संकलन समेत गरेको छ ।
यस बिसयमा पछि बैठक बसी निर्णय गरीने वडा अध्यक्ष नारायण खड्काले जानकारी दिए । बैठकमा बिद्यालय प्र अ , शिक्षक , राजनीति दलका प्रमुख तथा प्रतिनिधि , जनप्रतिनिधि पत्रकार लगायको सहभागीता रहेको पत्रका बिक्रम पाण्डे समान्ताले खबर पठाएका छन् ।

अन्य समाचारहरु