तीन दिनसम्म काठमाडौं उपत्यकासहित मुलुकभरको मौसम बदली हुने

Image result for मुलुकभर मौसम बदली
जल तथा मौसम पूर्वानुमान महाशाखाले प्रि–मनसुनलाई सक्रिय बनाउने प्रणाली भित्रिएकाले आजदेखि तीन दिनसम्म काठमाडौं उपत्यकासहित मुलुकभरको मौसम बदली हुने जनाएको छ ।
पश्चिमी भेगबाट प्रि–मनसुनलाई सक्रिय बनाउने वायु भित्रिएकाले काठमाडौं उपत्यकामा आज अपराह्न हावाहुरीसहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै मुलुकका कतिपय भागमा चट्याङ पर्ने सम्भावना रहेकाले महाशाखाले सतर्क रहन आग्रह गरेको छ । पश्चिमी तराईमा गएरातिदेखि नै मौसम बदली भएको र पूर्वतर्फ सर्ने क्रम रहेकाले अपराह्न काठमाडौंमा वर्षा हुने महाशाखाको भनाइ छ ।
बेलुका तथा साँझपख मध्य तथा पूर्वी तराईका केही स्थानमा हुरी बतास आउने र यो क्रम भोलिसम्म कायमै रहने सम्भावना रहेको महाशाखाको भनाइ छ । शुक्रबारदेखि भने मौसममा सुधार आउने महाशाखाले जनाएको छ । इमेजखबरमा समाचार छ ।