अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा मकैकाे बीऊ किसानहरुलाई वितरण कार्यक्रम सम्पन्न भएको छ ।
सन्धिखर्क नगरपालिकाबाट स्थानिय किसानहरुलाई मकैकाे बीऊ वितरण कार्यक्रम सम्पन्न भएको हो ।
नगरपालिकामा आयोजित नगरभित्रका किसानहरुलाई मकैको बीउ बितरण कार्यक्रममा नगरप्रमुख कमल प्रसाद भुसाल र उपप्रमुख ठाकुर कुमार बिकले ब्यबसायिक किषानहरुलाई मकैको बीउ बितरण गर्नु भएको हो ।
नगरपालिका भित्रका किसानहरुलाई ७५ प्रतिसत अनुदानमा झन्डै ८५ कुईनटल मकै बीउ बितरण गर्दै नगरप्रमुख भुसालले ब्यबसायिक किसानहरुको आर्थिक उन्नति गराउनका लागि अनुदानमा बीउ बितरण गरिएकोले सबैलाई कृषिमा ध्यान दिन आग्रह गर्नु भयो ।