हंसपुरको लेबाँसे टोलमा चट्यांग पर्दा ११ जना घाइते

अर्घाखाँचीडट्कम संवाददाता 
हंसपुर, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ७ हंसपुरको लेबाँसे टोलमा चट्यांग पर्दा ११ जना घाइते भएका छन् । 
मंगलवार साँझमा पानी परिरहेको समयमा चट्यांग पर्दा हंसपुर  र धारापानीको बिचमा रहेको लेबाँसे टोलमा ११ जना घाइते भएका हुन् । 
लेबाँसे टोलका झबिन्द्र भुसालको परिवारका ४ जना सदस्य , हरि भुसाल र उनकी श्रीमती, चन्चु विककी श्रीमती, दर्दनी अस्मिता भुसाल  र शान्ता विक र उनका २ छोरा छोरी गरी ११ जना घाइते भएका हुन् । 
यस्तै यसघि पोखराकी घाइते मनिसा खनालको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 

अन्य समाचारहरु