सुर्य भुसाल
डिभर्ना, अर्घाखाँची । सन्धिखर्क नगरपालिका ११ डिभर्नामा १ दिने पशु स्वास्थ्य शिविर तथा जालकाडाँ बाख्रापालन समूहबाट विक्री गरि प्राप्त २२ लाख रुपैया नगरप्रमुख कमल प्रसाद भुसाल उपप्रमुख ठाकुर कुमार किकले बितरण गर्नु भएको छ ।
उक्त कार्यक्रममा मन्तब्य राख्दै नगरप्रमुख कमल प्रसाद भुसालले बयर जातको बाख्रा नगरपालिकाका १२ वार्डमा बिस्तार गरि कृर्षकहरुको आय आर्जनमा बृर्दि गरि आत्मनिर्भर बनाउनुको साथै युवाहरूलाई कृर्षि पशुपालन तिर आकर्षण गर्ने गरि काम भईरहेको बताउनु भयो ।
कार्यक्रममा नगरउपप्रमुख ठाकुर कुमार बिकले अबको बाटो भनेको कृर्षि पशुपालन मार्फत आर्थिक क्रान्ति भएको कारण नगरपालिकाले यस्ता खालका रोजगारी मुलक कार्यक्रम अगाडि सारेको बताउनु भयो । उहाले समग्र नगरको बिकासका लागि आफुहरु लागि परेकोले सानातिना कुरामा नअझ्ल्ने एतिहासिक बिकासको मोडल तयार पारेर अगाडि बढेको बताउनु भयो ।
कार्यक्रममा वार्ड अध्यक्ष धुर्ब राज आचार्य, केयुबिकेका राधा नेपाली लगायतले मन्तब्य राख्नु भएको थियोे ।