जुकेनाको करापु धनचौरमा पहिलो पटक बिजुली पुग्यो, मट्टितेलको टुकी बाल्दै, ब्याट्रीबाट रेडियो बजाउदै आएका स्थानियबासीमा खुशीयाली छायो,

अर्घाखाँचीडट्कम संवाददाता 
जुकेना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ५  जुकेनाको करापु धन्चौरमा पहिलो पटक बिजुली पुगेको छ । 
पहिलो पटक बुधवार बिजुली पुगेपछि 
जुकेनाको करापु धन्चौरमा पहिलो पटक बुधवार बिजुली पुगेपछि यहाँका स्थानियबासीमा खुशी छाएको छ ।
पहिलो पटक बुधवार घर-घरमा बिजुली बाल्दा करापु धनचौरका २६ घरमा खुशीयाली छाएको छ, स्थानिय राम बहादुर नेपालीले अर्घाखाँचीडट्कमलाई बताए ।  जिल्लाका प्राय गाउँमा बिजुली पुगेपनि यहाँका बासिन्दा अध्यारोमा बस्न वाध्य थिए । 
यहाँका बासिन्दा अझै पनि पुरानो युगमा थिए । मट्टितेलको टुकी बाल्ने, ब्याट्रीबाट रेडियो बजाउने, कही-कही सोलरबाट मोबाईल चार्ज गर्दै आएका थिए करापु धनचौरका स्थानियबासी । बुधवारबाट विजुली आएपछि करापु धनचौरका स्थानियबासीले मट्टितेलको टुकी बाल्ने, ब्याट्रीबाट रेडियो बजाउने छैनन् ।
करापु धनचौरमा अहिले मोटरबाटो र खानेपानीको समस्या उस्तै छ । यहाँ लामो समयदेखि विजुली ल्याउने भन्दै तार जोडिएको थियो । 
करापु धनचौर

अन्य समाचारहरु