चुत्राबेशीमा फेला परेको शंकास्पद वस्तु नक्कली बम (तस्बिर सहित)


अर्घाखाँचीडट्कम संवाददाता
चुत्राबेशी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका -२ चुत्राबेशी मन्दिर नजिकै खिल्जी असुरकोट जाने जिप काउन्टरमा शंकास्पद वस्तु फेला परेको छ ।
फेला परेको शंकास्पद वस्तु नक्कली बम रहेको पुष्टी भएको छ । सन्धिखर्क-२ चुत्राबेसीमा आज बिहान संकास्पद वस्तु फेला परेको थियो। चुत्राबेसिको नँयापार्कमा  संकास्पद वस्तु फेला परेपछि नेपाली सेनाले डिस्पोज गरेको छ ।  प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेका अनुसार उक्त शंकासपद वस्तु विस्फोटक पदार्थ होईन ।
त्यस्लाइ डिस्पोज गर्ने क्रममा आवाज आएपनी विस्फोटक पदार्थ भएको भए आवाज अझै ठुलो आउने भएकाले त्यो विस्फोटक पदार्थ नभएको पुष्टी भएको उहाँको भनाई छ । जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरिक्षक नवराज मल्लले सुरक्षा व्यवस्था अन्यन्त कडा रहेको र त्रसित पार्न मात्र नक्कली बम राखिएकाले नडराउन उहाँले नागरिक माझ अनुरोध गर्नु भएको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दलाई लक्षित गरेर जनतामा भय सिर्जना गर्न शंकास्पद वस्तु राखेको आशंका गरिएको छ ।

अन्य समाचारहरु