बालिकालाई जवरजस्ती करणी गरि फरार रहेका गुल्मीका अभियुक्त अर्घाखाँचीमा पक्राउ

 प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची ५ बैशाख । गुल्मीमा बालिकालाई जवरजस्ती करणी गरि फरार रहेका एक जनालाई अर्घाखाँचीको अर्घातोषबाट प्रहरीले पक्राउ गरेको छ । 
गुल्मीको  छत्रकोट गापालिका बडा नम्बर-६ खरज्याङमा  १४ वर्षीया बालिकालाई जवरजस्ती करणी गरि फरार रहेका  तानसेन नगरपालिका वाड नम्वर-५ का ४५ वर्षीय अमिर मिया पक्राउ परेका हुन । 
छत्रदेव गाँउपालिका वाड नम्वर-८ अर्घातोषबाट अर्घाखाँचीको प्रहरी टोलीले हनुमान भन्ने अमिर मियालाइ १ लाख १३ हजार नगद र मोटरसाइकल सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक नवराज मल्लले जानकारी दिनुभयो ।
 गाँउगाँउमा भैंसीको ब्यापार गर्ने मियाँलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा राखिएको र गुल्मी पठाउने तयारी भैरहेको प्रहरी नायव उपरिक्षक मल्लले बताउनु भयो । 
मामाघर गएर आमासँगै घर फर्कनेक्रममा मियाँले बालिकालाई ‘घरसम्म पुर्‍याइदिन्छु’ भन्दै बुधबार मोटरसाइकलमा लिएर आएको र बाटोमै बालिकालाई पैसा दिने प्रलोभन देखाएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

अन्य समाचारहरु