धनचौरमा ग्लोबल आईएमई बैंकको शाखा रहित सेवा सुरू

अर्घाखाँचीडट्कम संवाददाता 
धनचौर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीको  भुमिकास्थान नगरपालिकाको धनचौरमा ग्लोबल आईएमई बैंकको शाखा रहित सेवा सुरू भएको छ । 
बुधवार एक कार्यक्रमको आयोजना गरि पुर्व जिविस सभापति पिताम्बर भुसालले शाखाको उद्वघाटन गर्नुभयो । उद्वघाटन गर्दै सानो रकम निकाल्नका लागि सदरमुकाम पुग्नु नपर्ने भन्दै भुसालले बताउँदै अब जनताले वृद्वभत्ता पनि यसै शाखाबाट पाएमा सहज हुने बताउँनुभयो । उहाँले ग्रामीण क्षेत्रका जनताले पनि सहजै बैंकको सुविधामा पुग्ने भन्दै राम्रोसँग बैंक चल्नेमा विश्वस्त रहेको बताउँनुभयो ।
अर्घाखाँची शाखा प्रमुख पल्हाद न्यौपानेले जनतालाई घरदैलोमै सुविधा दिने गरि बैंकको स्थापना गरिएको बताउँनुभयो । उहाँले बल्कोट, वाङ्गला, ठुलापोखरामा स्थापना भईसकेको र धनचौरमा स्थापना भएसँगै अर्घाखाँचीमा ४ शाखारहित र सन्धिखर्कमा अर्घाखाँची शाखा रहेको बताउँनुभयो ।
कार्यक्रममा पत्रकार घनश्याम पौडेल, बल्कोट शाखा प्रमुख विष्णु भुसाल, वाङ्गला शाखा प्रमुख पशुपति भट्टराई लगाएतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा राजनितिक दल, स्थानिय संघ संस्थाका प्रतिनिधिको उपस्थित रहेको थियो । कार्यक्रम अर्घाखाँची शाखा प्रमुख प्रल्हाद न्यौपानेको अध्यक्षता र शाखा रहित धनचौर प्रमुख लेखनाथ पाण्डेको सञ्चालनमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु