( प्रकासित मिती: २०७६ वैशाख ५ गते विहिबार)
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा, अर्घाखाँची र अर्घाखाँची डट्कमबीच छलफल तथा बैठक सम्पन्न भएको छ ।
केही समय अगाडि अर्घाखाँची डट्कममा प्रकासित समाचार तस्बिरलाई लिएर प्रेस काउन्सिल नेपालमा उजुरी परेपछिको घटनाक्रमलाई लिएर महासंघ अर्घाखाँची र अर्घाखाँची डट्कमबीच छलफल तथा बैठक सम्पन्न भएको हो ।
डट्कम प्रतिनिधि प्रेम खड्काले लेखेको समाचार लिएर नेपाल पत्रकार महासंघ अर्घाखाँचीका प्रतिनिधि, जिल्लाका पत्रकार र डट्कम बीच असम्झदारी देखिनुका साथै उजुरी गर्नेसम्मका घटना भएका थिए ।
नेपाल पत्रकार महासंघ अर्घाखाँची र अर्घाखाँची डट्कमबीच बुधवार अपरान्ह सम्पन्न छलफल तथा बैठकमा अब देखि भ्रमपूर्ण, चरित्रहत्या गर्ने खालका, कपोकल्पित लेख्ने पत्रकारका समाचार सामाग्री डट्कमबाट प्रकासित नगर्ने, पत्रकार महासंघ र सोसँग आवद्द प्रतिनिधीको नाम जोडिएर आएका समाचारलाई प्रकासित गर्नुपुर्व सम्बन्धित संस्था र व्यक्तिलाई जानकारी आदानप्रदान तथा यतार्थता बुझ्ने, साथै डट्कममा विगतमा भएका गल्ती नदोराउने लगायतका सहमती भएको छ ।
बैठकले डट्कमलाई गैर-पत्रकारका समाचार सामाग्री प्रकासित नगर्न सुझाव दिएको थियो ।
नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष हिम बहादुर जिसी “लेकाली”को अध्यक्षतामा सम्पन्न बैठकमा अर्घाखाँचीडट्कमका प्रमुख मेहर सिंह के.सी, पत्रकार महासंघ अर्घाखाँचीका पुर्व अध्यक्ष तथा पत्रकार महासंघ ५ नम्बर प्रदेश सद्स्य शोभाखर पन्थी, पत्रकार महासंघ ५ नम्बर प्रदेश सद्स्य प्रेम नारायण आचार्य, अशोक खनाल, पत्रकार महासंघ अर्घाखाँचीका उपाध्यक्ष गणेश खनाल, उपाध्यक्ष भगवता पाण्डे, सचिव सुर्य प्रसाद भुसाल, सहसचिव अनिल नेपाली, सदस्यहरु बसन्त श्रेष्ठ “छपेली”, बाबुराम रसाईली, सुदन खड्का, शान्ता खासु मगर लगायत पत्रकार प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
डट्कमद्धारा क्षमायाचना
उता बुधवार भएको बैठकको निर्यण अनुसार यसअगाडीका प्रकासित समाचारहरुमा नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष हिम बहादुर जिसी “लेकाली” र समाजसेवी तथा पत्रकार सहयोगी विसी लगायतका पत्रकारको नाम जोडीएर आएकोमा अर्घाखाँची डट्कमले विहिबार प्रेस विज्ञप्ती जारी गर्दै आत्मआलोचना गर्दै क्षमायाचना गरेको छ ।
त्यसैगरी डट्कमले आफ्नो संस्थाको नियम बिपरित गर्ने संस्थाको अधिकारको दुरुपयोग गर्ने गरी कार्य गर्ने केही स्टाफलाई आन्तरिक कार्बाही लिलम्बन् प्रकृया अगाडी बढाएको छ। साथै जारी प्रेस विज्ञप्तीमा अबका दिनमा ती कमीकमजोरीहरु नदोहो-याउने प्रतिबद्धता जनाएको छ ।
प्रेस विज्ञप्ती:-