गोपाल भट्टराई
किमडांडा, बैशाख ५ अर्घाखाँची । जनशान्ति आधारभुत विद्यालय सन्धिखर्क–८ किमडांडा अर्घाखाँचीको ३५ औं बार्षिक उत्सव तथा पुरस्कार बितरण कार्यक्रम आज एक भव्य समारोका बिच सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै सन्धिखर्क ८ का वडा अध्यक्ष इश्वरी प्रसाद भुसालले शिक्षाको दिगो विकासका निम्ती शिक्षक,विद्यार्थी र अभिभावक विचको सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिनुभएको छ ।
एउटा विद्यालयको एक बर्षे शैक्षिक योजना सफल पार्न विद्यालय प्रशासनको स्पष्ट दिशा निर्देष,शिक्षकको लगाव,विद्यार्थीको अनुसासन र अभिभावकको सुझावको खांचो पर्ने भन्दै सफल शैक्षिक नतिजा हात पार्न सोही अनुसार गर्नुपर्ने उहांको आग्रह छ । विद्यालय व्यबस्थापन समिति अध्यक्ष नेत्र बहादुर थापाको अध्यक्षता, शिक्षक कृष्ण प्रसाद मरासिनीको स्वागत मन्तव्य र शिक्षक दिपक श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा भुमिकास्थान नगर शिक्षा अधिकृत तुकलाल सापकोटा,स्रोत व्यक्ति युवराज भुसाल,वडा सदस्य देवी भुसाल,कमल पराजुली,अभिभावक संघका अध्यक्ष शिव बहादुर राना,शिक्षाप्रमी धर्मरमज बन्जाडे लगायतले मन्तव्य राख्दै शिक्षा नै विकासको मुहान भएकोले समय सापेक्ष शिक्षाको विकासमा सबै एक जुट हुनुपर्ने बताउनुभएको छ ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक निर्मला भुसालले बार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । स्थानिय अभिभावक र सरोकारवालाको उल्लेख्य सहभागितामा सम्पन्न कार्यक्रमको अवसरमा विद्यालयका उत्कृष्ट विद्यार्थी र सहयोग दाताहरुलाई सम्मानित गरिएको पत्रकार शालिक बाबु पोख्रेलले जानकारी दिनुभएको छ ।