अर्घाखाँचीका कांग्रेस वरिष्ठ नेता तथा पुर्व मन्त्री ढुन्डिराज शास्त्रीको चौरासी पुजा सम्पन्न (तस्बिर सहित)

सुर्य भुसाल 
देवघाट २०७६/बैशाख ५ बिहिवार  (अर्घाखाँची डट्कम्) । अर्घाखाँची जिल्लाका तथा नेपाली कांग्रेसका बरिस्ठ नेता तथा पुर्व मन्त्री ढुन्डिराज शास्त्रीको चौरासी पुजा सम्पन्न भएको छ । 
चौरासी पुजामा  नेता तथा कार्यकर्ता शुभेच्छुक सुभचिन्तक स्टमित्रहरुको भिड लागेको छ । चितबन जिल्लाको देवघाट धाममा गरिएको चौरासी पुजामा नेपाली काङ्ग्रेसका केन्द्रीय तहका शिर्ष नेताहरु जिल्ला तहका नेताहरु आफन्तहरु स्टमित्र सुभेक्षुकहरु गरि हजारौंको संख्यामा शुभकामना दिन शास्त्री निबास देउघाट पुगेका हुन ।
देउघाट अर्घाखाँचीबाट नेपाली काङ्ग्रेसका नेताहरु अधिकाम्स पुगेका छन् भने बिभिन्न पार्टीका नेताहरु शुभकामना दिन देउघाट पुगेका हुन ।
शास्त्री अर्घाखाँचीबाट ३ पटक निर्वाचित सांसद तथा पुर्व मन्त्री हुन । उहाँ मन्त्री हुँदा अर्घाखाँची जिल्लामा बिकासले फड्को मारेको थियोे । 

अन्य समाचारहरु