सन्धिखर्कमा लुम्बिनी वाङ्गमय प्रतिष्ठान अर्घाखाँचीको आयोजनामा रचना वाचन कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची ६ वैशाख । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा लुम्बिनी वाङ्गमय प्रतिष्ठान अर्घाखाँचीको आयोजनामा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।
जिल्लाको साहित्य विकासमा टेवा पु-याउने उद्धेश्यका साथ प्रतिष्ठानको प्रत्येक महिनाको पहिलो शुक्रबार नियमित रुपमा गरिने कार्यक्रम अन्तर्गतको प्रथम शृङ्खलामा जिल्लास्थित कवि लेखकहरूको उपस्थिती रहेको थियो । 
यस्तै रचना वाचन कार्यक्रममा कुलचन्द्र मरासिनी, हिम जिसी लेकाली, विष्णुप्रसाद आचार्य, कमल पोख्रेल, बुद्धिराम गैरे “अर्घाली ” पवन बन्जाडे ,खेमराज आचार्य, भेषबहादुर केसी, हरिप्रसाद भुसाल, जेबी दर्लामी, पुष्करनाथ आचार्य, सीता बन्जाडे,टामलाल पाण्डे , पुष्पा गैरे, मेलिनासिंह ठकुरी, शालिकबाबु पोख्रेल, भिम कौशल, प्रविण पौडेल लगायत कविहरूले आआफ्ना रचना सुनाएका थिए । कार्यक्रममा कविता, गजल, मुक्तक, हाईकू, गीत, क्यारिकेचरलगायतका सिर्जना सुनाइएका थिए।
कार्यक्रममा अर्घाखाँचीका कवि तिर्थराज आचार्यले देवघाटबाट टेलिफोनमा रचना वाचन गरी सुनाएका थिए । कार्यक्रम सन्चारकर्मी गोपालप्रसाद भट्टराईको सन्चालन र लुम्बिनी वाङमय प्रतिष्ठान अर्घाखाँचीका अध्यक्ष पिताम्बर बन्जाडेको अध्यक्षता सम्पन्न भएको थियो । 
साथै रचना वाचन कार्यक्रम आगामी रचना वाचन जेठको ३ गते हुने बताइएको छ ।

अन्य समाचारहरु