सुर्य भुसाल
खाँचीमैदान, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न ७ खाचिकोटको खाँचीमैदानमा ३ दिने सासु बुहारी बीच अन्तरक्रिया कार्यक्रम शुरु भएको छ ।
सन्धिखर्क नगरपालिका वार्ड न ७ खाचिकोटले आयोजना गरेको ३ दिने सासु बुहारी बीच अन्तरक्रिया कार्यक्रमको उद्घाटन गदै सन्धिखर्क नगरपालिका नगर उपप्रमुख ठाकुुर कुमार विक (किशोर)ले सासु बुुहारी एक आपसमा मिले मात्र सुखी र खुसी परिबार बन्ने बताउनुभएको छ ।
उपप्रमुख विकले सासु बुहारी आपसमा समझदारीमा कायम गरेको खण्डमा छोराछोरी पनि सक्षम र अनुशासित बन्ने र सुखी, खुसी र सभ्य परिबार बन्ने धारणा राख्नुभयो। परिबार सुखी भएमा मात्र समृद्ध नगर हुने उहाको बिश्वास छ ।
सासु र बुहारीले एक आपसमा नङ्ग र मासुको जस्तो व्यबहार गर्नुपर्ने उहाको भनाई थियो। एक फरक प्रसँगमा बोल्दै नगर उपप्रमुख विकले नगरबासीलाई विकास निर्माणका कामसँगै सचेतनामुलक कार्यक्रम पनि गाँउ घरमा पुर्याउदै नगरबासी शिक्षित र सभ्य बनाउनको लागि परेको उहाले सुनाउनुभयो।
नगरले विकास निर्माणको साथसाथै सचेतनामुलक कार्यक्रमलाई पनि सँगैसगै अघि बढाउने बताउँदै विकासका योजनालाई दृत गतिमा अगाडि बढाउनको लागि आफुुहरु लागि परेको उहाले जानकारी दिनुभयो। काम नगरी सानोलाई ठूलो बनाई कागज मिलाई खाने प्रबृतिको अन्त्य गर्नको लागि आफुहरु निरन्तर रुपमा लागि परेको र विकासका योजनाको निरन्तर रुपमा अनुगमन गरेको बताउनुभएको थियो ।
कार्यक्रममा नगर महिला संयोजक बेलकुमारी परियार शिक्षक गणेश पुरी लगायतका बक्ताले कार्यक्रममा मन्तब्य राख्दै सुखी र सम्य परिबार बनाउनको लागि आफनो परिबार शिक्षित हुनुपर्ने बताएका थिए कार्यक्रम वडा अध्यक्ष प्रितम थापाको अध्यक्षता पुष्पा भुसालको सञ्चालनमा सम्पन्न भएको हो।