डिभर्नामा जीप दुर्घटनामा ज्यान गुमाएका श्रेष्ठ आमाछोराको १२ औं दिनको पुन्य तिथिमा सनपा १२ कांग्रेसको शोक सभा सम्पन्न (तस्बिर सहित)

सुर्य भुसाल 
डिभर्ना, अर्घाखाँची ।  नेपाली काङ्ग्रेस सन्धिखर्क नगरपालिका वडा न १२ ले सन्धिखर्क १२ गैलिकोट निवासी नेपाली काङ्ग्रेसकि सक्रिय कार्यक्रता बिष्णुमाया श्रेष्ठ र उनका छोरा प्रीन्स श्रेष्ठको १२ औं दिनको पुन्य तिथिको अबसरमा शोक सभा तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ । 
शोकसभा कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला कार्य समितिकि उपसभापति शान्ता भण्डरी ,  जिल्ला सदस्य सीता भुसाल , क्षेत्र न १ का सभापति केशव कुवर , जिल्ला समन्वय समिती सदस्य झम्मन कुमारी श्रेष्ठ , तरुण दल जिल्ला अध्यक्ष नारायण खड्का ,  नगर सदस्य कृष्ण बस्याल लगायतको उपस्थिति रहेको थियो । 
कार्यक्रममा शोक मन्तव्य राख्दै जिल्ला उपसभापति भण्डारीले बिष्णुमाया श्रेष्ठले पार्टीमा रहेर खेलेको भुमिकाको स्मरण गर्दै उनले गरेको योगदानको पार्टीले मुल्यांकन गर्ने बताईन ।
  श्रेष्ठ आमाछोराको निधनले सिङ्गो पार्टी नै शोकमा रहेको बताउदै भण्डारीले बिष्णुमाया श्रेष्ठ  पार्टीको एक होनहार कार्यक्रता तथा सामाजिक अगुवा रहेको बताइन् । 
कार्यक्रम नेपाली काङ्ग्रेस सनपा १२ का सभापति लिलाधर बस्यालको सभापतित्व तथा  सचिव तारा बस्यालको सन्चालनमा सम्पन्न भएको थियो । बिष्णुमाया श्रेष्ठको निधन गत चैत्र २५ गते चुत्राबेशी देखि प्युठानको अर्लाबाङ्ग माईती घर जादा भुमिकास्थानको लात्तेबाजमा जीप दुर्घटनामा परी ज्यान गएको थियो । आमा बिष्णुमाया श्रेष्ठ ३२ वर्षकि थिईन भने छोरा प्रीन्स श्रेष्ठ ४ वर्षका थिए । 
 

अन्य समाचारहरु