नुवाकोटको घोराखोरीका एक किशोरको झिम्रुक नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्‍यु

अर्घाखाँचीडट्कम संवाददाता 
घोराखोरी, अर्घाखाँची, ७ बैशाख । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड ७ नुवाकोटको घोराखोरीका एक किशोरको झिम्रुक नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्‍यु भएको छ । 
घोराखोरी मुनीको  झिम्रुक नदी
साविक नुवाकोट गाबिस-८ घोराखोरी मनोबाङ, स्वारका धन बहादुर नेपालीका १७ वर्षिय छोरा तेज बहादुर नेपालीको पौडी खेल्ने क्रममा झिम्रुक गोटेको रहमा डुबेर मृत्यु भएको हो ।
गाईबाख्रा चराउन गएका नेपालीको शनिबार अपरान्ह ५ बजे तिर पौडी खेल्ने क्रममा झिम्रुक गोटेको रहमा डुबेका थिए । उनको तत्काल उद्दार हुन नसक्दा मृत्यु भएको स्थानियबासीले अर्घाखाँचीडट्कमलाई बताए । 
पौडी खेल्ने क्रममा झिम्रुकमा मृत्‍यु भएको खबर पाएपछि खिल्जी प्रहरी चौकीबाट प्रहरी टोली पुगेको थियो । शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल सन्धिखर्कमा लगिएको छ ।  
साविक नुवाकोट गाबिस-८ घोराखोरी मनोबाङमा रहेको प्रतिक्षालयमा । 

अन्य समाचारहरु