सन्धिखर्कमा स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीको वैदेशिक विभागका महानिर्देशक भिष्मकुमार भुसाल र सिताराम कट्टेल धुर्मुससँग साक्षात्कार सम्पन्न (तस्बिर सहित)

सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची, ७ बैशाख ।   स्वतन्त्र पत्रकार संघ अर्घाखाँची शाखाले सन्धिखर्कमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै वैदेशिक रोजगार विभागका महानिर्देशक भिष्मकुमार भुसालले  नेपाल सरकारले वेरोजगारीले रोजगार पाउँने अभियान सुरु गरेपनि आम नेपालीले बुझन नसकेको बताउनु भएको छ । घरमा कोही पनि रोजगारी नभएकाले बेरोजगारीको फार्म भर्नुपर्नेमा घरमा रोजगार भएकाहरुले सरकारले निशुल्क भत्ता दिन्छ भन्ने बुझाई रहेको बताउनु भयो।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत जनतालाई भ्रम रहेको बताउँदै वर्षभरीमा १०० दिन काम नपाउँनेले फर्म भर्नुपर्ने हुन्छ, पेन्सन, सामाजिक सुरक्षा भत्ता नपाएको लगाएत कुनै पनी रोजगारी नभएकालाई सरकारले लक्षित गरेको बताए । जनताले कुनै रोजगार नपाई बेरोजगार भएको खण्डमा ५० दिन बराबरको दिनका ५१७ रुपैयाँका दरले भत्ता सरकारले दिने बताउनु भएको छ ।
यस्तै साक्षात्कारमा सामाजिक अभियान्ता तथा हास्य कलाकार सिताराम कट्टेल धुर्मुसले कलाकारीतालाई मध्यनजर गर्दै देश निमार्णको अभियानमा लागेको बताए । उहाँले भरतपुरमा बन्ने अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निमार्णका लागी सबैले सहयोग गर्नका लागी आग्रह गदै ।यो रंगशालाको काम छिटै नै सम्पन्न हुने बताउनु भयो ।
साक्षात्कार कार्यक्रम स्वतन्त्र पत्रकार संघ अर्घाखाँची शाखा अध्यक्ष अम्बीका श्रेष्ठको अध्यक्षता, सचिव शिव बेल्वासेको सञ्चालनमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु