सन्धिखर्क आउदै गरेको बसले कोन्द्रेखोलामा मोटरसाईकललाई ठक्कर दिदा २ जना गम्भीर घाईते

कोन्द्रेखोला
 बिष्णु कुमार आले 
कोन्द्रेखोलाचैत्र ८ अर्घाखाँची । गोरूसिङगे सन्धखर्क सडक खण्डको कोन्द्रेखोलामा आज बसले मोटरसाईकललाई ठक्कर दिदा २ जना गम्भीर घाईते भएका छन् ।
गोरूसिङगे बाट सन्धिखर्क आउदै गरेको लु १ ख ८०४३ नम्बरको बसले बिपरित दिशा बाट आउदै गरेको लु ३६ प ५२८१ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटसाईकलमा सवार गरेका अर्घाखाँची छत्रदेव गाँउपालीकाका ४५ बर्षिय भुपनारायण श्रेष्ठ र वहाँको श्रीमती ४० बर्षिय सीता श्रेष्ठ गम्भीर घाईते हुनु भएको हो । 
गम्भीर घाईते भएका एकै घरका दुबै जनालाई उपचारका लागि बुटवल लगिएको छ । 
दुर्घटना भएको जानकारी पाउना साथ ईलाका प्रहरी कार्यालय ठाडा र कपिलवस्तुकाे पत्थरकोट बाट प्रहरीको टोली घटनास्थलमा पुगेर घाईतेहरूको उद्वार गरेका थिए । ठक्कर दिने बस चालक ईलाका प्रहरी कार्यालय ठाडाले नियन्त्रणमा लिएको छ ।

अन्य समाचारहरु