अर्घाखाँचीमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको अध्यक्षमा चेतनारायण आचार्य र सचिवमा ठाकुर कुमार बिक चयन

लक्ष्मण घिमिरे  
९ बैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले सबै जिल्लाको अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । 
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले ७७ वटै जिल्लाको जिल्ला कमिटीका अध्यक्ष र सचिवको टुङ्गो लागेको जानकारी दिनुभयो ।
यसैबिच अर्घाखाँचीमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको अध्यक्षमा चेतनारायण आचार्य र सचिवमा ठाकुर कुमार बिक चयन हुनुभएको छ । 
धैरे समयसम्म विवादित रहेको अर्घाखाँचीमा अन्तत आश्चर्यपुर्ण नतिजा बाहिर आएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा हिंजो बेलुकी बसेको सचिवालय बैठकले जिल्ला कमिटीका अध्यक्ष र सचिवको टुङ्गो लगाएको हो ।
जिल्लामा अध्यक्ष र सचिवका लागी धेरै जनाका नाम चर्चामा पनी आए र सामाजिक सन्जालमा बधाई पनी खाए । तर, कसैले गुनासो गर्नु नपर्ने गरी निर्णय आएको कतिपय नेकपाका नेताहरुले दावि गरेका छन । सचिवालय बैठकले नयाँ मापदण्ड तय गरेसँगै जिल्लाका पदाधिकारी चयन भएका हुन । 
तत्कालीन एमालेले अध्यक्ष वा सचिव जुन पद पाएको भए पनि तत्कालीन जिल्ला अध्यक्षलाई नै उक्त पदमा ल्याइएको छ । यसो गर्दा केही जिल्ला अध्यक्ष भइसकेका नेताको सचिवमा घटुवा भएको छ । विवाद हुने देखिएपछी नयाँ मापदण्ड तय गरिएको थियो । 
अर्घाखाँचीमा पनी सोही मापदण्ड अनुसार पुर्व एमाले अध्यक्ष चेतनारायण आचार्य नेकपाको अध्यक्षमा तथा पुर्व माओवादी केन्द्रका जिल्ला सेक्रेटरी ठाकुर कुमार बिक नेकपाको सचिवमा चयन हुनुभएको हो । 
तर, पार्टीको एक व्यक्ती एक पद भन्ने नितीलाई भने चटक्कै बिर्सीएको छ । 
 चेतनारायण आचार्य प्रदेशसभा सांसद हुनुहुन्छ भने  ठाकुर कुमार बिक सन्धिखर्क नगरपालिकाका उप-मेयर हुनुहुन्छ । “नहुनु भन्दा कानो मामा बेस” भनेझै कम्तीमा एकता प्रक्रियाले गति लिएकोमा नेकपाका समर्थकले सन्तोष गर्ने ठाँउ छ । 

अन्य समाचारहरु