अर्घाखाँचीडट्कम संवाददाता
आटिकापाटा, अर्घाखाँची (अर्घाखाँचीडट्कम)। अर्घाखाँची जिल्लाको सन्धिखर्क स्थित जिल्ला कारागार कार्यालय आटिकापाटाका कैदी बन्दीहरुका लागि एक दिवसीय निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
सोमबार कारागार कार्यालय अर्घाखाँचीको आयोजना, जिल्ला प्रशासन कार्यालय, अर्घाखाँचीको समन्वय तथा सन्धिखर्क अस्पताल, अर्घाखाँचीको सहयोगमा एक दिवसीय निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
उक्त शिविरमा सन्धिखर्क अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जगन्नाथ तिवारी र मेडिकल अफिसर डा. किशोर भट्टराईबाट स्वास्थ्य परीक्षण भएको थियो । उक्त निशुल्क स्वास्थ्य शिविरबाट सो कारागार स्थित पुरुष तथा महिला बन्दिगृहमा रहेका ४८ जना कैदीबन्दीहरुलाई निशुल्क स्वास्थ्य परीक्षण तथा औषधी उपलब्ध गराईएको थियो ।