सुर्य भुसाल
गाेखुङ्गा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्वर ९ गाेखुङ्गा निबासी स्व: प्रेमनारायण घिमिरेकाे नवाैं दिनकाे दिन विभिन्न संघ संस्थाहरूले श्रद्धाञ्जली सभा सम्पन्न गरेका छन ।
निबृत राष्ट्र सेवा समाज नेपाल अर्घाखाँची ,प्रगतिशील लेखक संघ नेपाल अर्घाखाँची ,नेपाल पत्रकार महासंघ अर्घाखाँची ,अखिल नेपाल शिक्षक संघअर्घाखाँची ,राजमाे अर्घाखाँची ,सन्धिखर्क सहरी खानेपानी उपभोक्ता मुल संस्था , जनज्योति माबि चुत्राबेसि,त्रिबेणि बचत तथा ऋण सहकारी संस्था लिमिटेड चुत्राबेसि ,भक्तिटाेल टाेल सुधार समिति चुत्राबेसि,शिद्वेश्वर शिबालय सन्चालक समिति चुत्राबेसि लगायतका संघ संस्थाहरूले श्रद्धाञ्जली सभा सम्पन्न गरेका हुन ।
कार्यक्रमा मन्तब्य राख्ने बक्ताहरूले गाउँ समाजले एकजना ईतिहास गुमाएको भन्दै स्व: प्रेमनारायण घिमिरे प्रति भावपुर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै शाेकाकुल परिवारजनहरूप्रति समवेदना प्रकट गरेका थिए । बक्ताहरूले स्व: घिमिरेले विभिन्न सामाजिक कामहरूमा पुर्याएकाे याेगदान प्रति खुलेर प्रशंसा समेत गरेका थिए ।
यस्तै अाजनै सन्धिखर्क नगरपालिका प्रमुख कमल भुसाल ,पत्रकार हिम जिसि लेकालि,सचिब सुर्य भुसाल ,नेपाली काँग्रेसका नेता बाबुराम पाैडेल,नेबिसंघ अध्यक्ष भरत भट्टराई ,राजमाे नेता शेरबहादुर बिसि,थम्मन केसि लगायतले शाेक मनतब्य राखेका थिए । यस अधिपनि विभिन्न संघ संस्थाहरूले श्रद्धाञ्जली शभा सम्पन्न गरेका थिए ।