केरुङ्गाका एक युवामाथी खुकुरी प्रहार


अर्घाखाँचीडट्कम संवाददाता
केरुङ्गा, अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका वार्ड नम्बर ४ केरुङ्गाका एक युवामाथी खुकुरी प्रहार भएको छ । 
छत्रदेव गाउँपालिका वार्ड नम्बर ४ केरुङ्गा निवासी कैलाश भुसालमाथि सोमबार खुकुरी प्रहार भएको हो । खुकुरी प्रहार केरुङ्गाका सुवास भुसालले गरेका थिए । उनिहरु दुवै एउटै गाउँका हुन् ।
उनीहरु दुबैजना सँगै एउटै मोटरसाइकलमा बुटवल जादै गर्दा रुपन्देही र पाल्पाको सिमाना बल्ढेङगढी पुग्दा सुवास भुसालले एक्कासी खुकुरी हानेका थिए ।    
घाइतेको अहिले बुटवलको लुम्बिनी प्रादेशीक अस्पतालमा उपचार हुँदैछ । घाइते कैलाशको बाँया हात र गर्धनमा गहिरो चोट लागेको छ । प्रहरीका अनुसार सुवास भुसालले नै एम्बुलेन्समा अस्पताल लागेका थिए । तिलोत्तमामा बिजुली पसलका संचालक सुवासले कैलासलाई करिब ८ लाख दिनुपर्ने र लेनदेनको कारण झगडा हुँदा घटना घटेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरीले कागजपत्र समेत फेला पारेको छ । 
खुकुरी प्रहार गर्ने सुवासलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान शुरु गरिरहेको प्रहरीले जनाएको छ ।

अन्य समाचारहरु