सितापुरको अम्लीबासमा भिरबाट खसेर एक महिला गम्भीर घाईते

बिष्णु कुमार आले
सितापुर, अर्घाखाँची चैत ९ । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्वर २  सितापुर अम्लीबासमा भिरबाट खसेर एक महिला गम्भीर घाईते भएकी छिन् । 
घाईते हुनेमा सितापुर अम्लेबास निवासी बिकला गुरूङ रहेको प्रहरीले जनाएको छ । 
सोमबार साँझ खोलाबाट माछा मारेर घर फर्कदै गर्दा भिरबाट करिव ३० मिटर तल सितखोलामा खसी घाईते भएकी गुरूङलाई उपचारको लागि बुटवल पठाईएको छ ।

अन्य समाचारहरु