सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ उपल्लो लाईनमा खुलेको बजाज शोरूमको भोलि बुधबार औपचारिक शुभारम्भ हुने भएको छ ।
बिगत १ बर्ष देखि अर्घाखाँची लगायत आसपासका क्षेत्रमा सेवा दिदै आएको थियोे । सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ बस्याल टोला निबासी नारायण बस्याल र निराजन बस्यालले बिगत देखि बजाज कम्पनीका विभिन्न प्रकारका मोटरसाइकल पार्ट पुर्जा बितरण गर्दै आएको थियोे ।
करोडौंको लगानीमा सुरु गरिएको बजाज शोरूममा अहिले सबै प्रकारको सेवा दिने र कुनै पनि सेवाका लागि बाहिर जान नपर्ने गरि सेवा सुरु गरिएको प्रोपाईटर निराजन बस्यालले जानकारी दिनु भयो ।
अर्घाखाँची लगायतका छिमेकी जिल्लाहरुमा यहाँबाट मोटरसाइकल बिक्रि बितरण सुरु गरिएको छ । यो कम्पनिको गाडी प्रति युवाहरुको आकर्षण बढदो छ । १५० सिसि १२० सिसीका मोटरसाइकलहरु प्रति युवाहरुको बढि आकर्षण छ ।