प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । जिल्ला ट्राफिक कार्यालय अर्घाखाँचीले सवारी दुर्घटना न्युनिकरण र सुरक्षित यात्रा गर्न सहयोग गर्ने उद्धेश्यले सवारी चेकजाँचलाई तिब्रता दिएको छ ।
जिल्ला ट्राफिक कार्यालय अर्घाखाँचीले ओभलोड बोक्ने, क्षमता भन्दा बढी बोक्ने, सिट्बेल्ट नलागाउने, हेल्मेट नलगाउने, सवारी कागज नभएका सवारीहरुलाई चेकजाँच गर्दै कारबाही गरेको हो ।
राजिव श्रेष्ठको कमान्डमा जिल्ला ट्राफिक कार्यालय अर्घाखाँचीले मंगलवार सन्धिखर्क नगरपालिका १२ च्यानडाँडामा चेकजाँच गर्दा २२ वटा सवारीसाधनलाई कारबाही गर्दा ६ हजार ५ सय राजस्व संकलन गरेको छ ।
प्रहरीले ओभलोड नबोक्न, क्षमता भन्दा बढी नबोक्न, सिट्बेल्ट लगाउने, हेल्मेट लगाउन, सवारी कागज बोक्न, मापसे नगर्न, तीव्र गतिमा सवारी नचलाउन सचेत गराउँदै आएको छ ।
अर्घाखाँचीमा जिल्ला ट्राफिक कार्यालयले सबै क्षेत्रमा नियमित चेकजाँच र सचेतना फैलाइरहेको छ । ‘सवारी चालकलाई जिम्मेवार बनाउन, दुर्घटना न्यूनीकरण गर्न र सभ्य समाजको निर्माण गर्ने हाम्रो अभियान हो,’ जिल्ला ट्राफिक कार्यालयले भनाई छ ।
गत चैत्र २५ गते सोमबार सदरमुकाम सन्धिखर्कबाट प्युठान ऐरावतीको बरौला गाउँतर्फ जाँदै गरेको १८ बढी यात्रु सवार लु १ ज १२२९ नम्बरको जीप नुवाकोटको लात्तेबाँझमा दुर्घटना हुँदा ४ जनाको निधन भएको थियो । सोही घटनालाई लिएर जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा बसेको सर्वदलिय बैठकले सवारीसाधन माथि थप कडाई गरेको थियो ।